2026-07-24 07:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चार दिनसम्म ढुंगामा च्यापिएका व्यक्तिको उद्धार

साउन २४, एजेन्सी  | कम्बोडियाको एउटा गुफामा चार दिनसम्म फसेका व्यक्तिको उद्धार गरिएको छ। चमेराको विष्टा संकलन गर्न हिँडेका ती व्यक्ति चिप्लिएर दुई ठूला ढुंगाबीच च्यापिएका थिए | बिबिसीका अनुसार आइतबारदेखि गुफामा फसेका सुम बोरा घर नफर्केपछि उनका परिवारले खोजी सुरू गरेका थिए।

प्रहरीका अनुसार २८ वर्षीय सुम आफ्नो टर्च लाइट टिप्ने क्रममा ढुंगाबीच फसेका थिए। सुम खाना, पानी बिना त्यो गुफामा संघर्ष गरिरहेका थिए। सुमले भनेका छन्, ‘मैले बाँच्छु भन्ने आशै गुमाइसकेको थिएँ। मसँग चक्कु थियो। मलाई आत्महत्या गरूँ झैं भएको थियो।’

सुमलाई मंगलबार उनकै साथीले फेला पारेका थिए। उनका साथी पनि कहिलेकाहीँ सुमसँग चमेराको विष्टा लिन जान्थे। कम्बोडियामा चमेराको विष्टालाई ‘गुवानो’ भनिन्छ र यसको प्रयोग मलका रूपमा धेरै हुन्छ। सुमका अनुसार उनका साथीले देखेपछि साँघुरो गुफाबाट घस्रिँदै उनीतिर आएका थिए। दुवै जना सानो ज्यानका भएकाले त्यहाँ छिर्न सके। पछि उद्धारकर्ताहरूले उनीहरूलाई फेला पारे। तर गुफा साँघुरो भएकाले सुमलाई निकाल्न गाह्रो भयो।

पछि गुफाका केही भागहरू भत्काएर उनलाई बाहिर निकालिएको हो। प्रहरीका अनुसार दस घन्टाको प्रयासपछि बुधबार सुमको उद्धार सफल भएको हो । अहिले स्थानीय अस्पतालमा सुमको उपचार भइरहेको छ। उनको टाउको, घुँडा र छातीमा चोट लागेको छ। सुम फसेको ‘चकराइ’ पहाडमा जान प्रहरीले रोक पनि लगाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक