२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किमले क्षेप्यास्त्र परीक्षणप्रति ‘सानो क्षमायाचना’ गरेको ट्रम्पको दावी

२०७६, २५ श्रावण शनिबार १५:०३

साउन २५, वासिङ्टन (रासस/एएफपी) | हालै गरिएका क्षेप्यास्त्र परीक्षणलाई लिएर उत्तर कोरियाली सर्वोच्च नेता किम जङअनले सामान्य क्षमायाचना गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बताउनुभएको छ । 

किमले अमेरिका–दक्षिण कोरियाली सैन्य अभ्यासको अन्त्यसँगै आणविक निशस्त्रीकरणका लागि अमेरिकासँग वार्ता शुरूगर्ने बताएका पनि अमेरिकी राष्ट्रपतिले बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबार ट्वीटरमार्फत सम्प्रेषित सन्देशमा किमले आफूलाई एक पत्रमार्फत् क्षेप्यास्त्र परीक्षणबारे उक्त अभिव्यक्ति दिएको जनाइएको हो । त्यस्तै ट्रम्पले पनि पत्रको जवाफमा किमसँग निकट भविष्यमा वार्ता गर्ने पत्रमार्फत जानकारी गराएको सन्देशमा उल्लेख छ ।

ट्रम्पले भन्नुभएको छ, “मलाई किमले लेखेको चिठीमा उत्तर कोरियाली नेता किमले आफूले ट्रम्पसँग अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास सकिएलगत्तै छिट्टै भेट्न चाहेको र वार्ता शुरू गर्न चाहेको उल्लेख छ ।”

“पत्र लामो छ र यसमा धेरै बिषय बेतुकको र महङ्गो सैन्य अभ्यासको विरोधमा व्याख्या गरिएको छ । यो उत्तर कोरियाले छोटो दूरीको क्षेप्यास्त्र परिक्षण गरेकोमा एउटा सानो क्षमायाचना पनि हो । संयुक्त सैन्य अभ्यास रोकिएसँगै हतियार परीक्षण पनि रोकिनेछ,” ट्रम्पको सन्देशमा लेखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ