२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पानीमुनि चल्ने रेलसेवा सुरु गर्दै भारत

२६ श्रावण २०७६, आईतवार ०६:३७

साउन २६, एजेन्सी | भारतका केन्द्रीय रेल मन्त्री पीयूष गोयलले विहिबार भारतले छिट्टै पानीमुनि चल्ने रेलसेवा सुरु गर्ने बताए । ट्वीट गर्दै पियूषले यो जानकारी दिएका हुन् । ट्वीटमा पियूषले लेखका छन् ,‘भारतको पानी मुनि चल्ने रेल पहिलो पटक कोलकाताको हुगली नदीमुनि चलाइनेछ ।

 यो उत्कृष्ट इन्जिनियरिङको उदारण हो । यो भारतमा निरन्तर भइरहेको रेल्वे सेवाको प्रगतिको प्रतीक हो । यो बनेपछि कोलकाताका मानिसलाई सुविधा पुग्नेछ भने पुरा देशलाई गर्वको महसुस हुनेछ ।’ट्वीटमा गोयलले एउटा भिडियो पोस्ट गरेका छन् जसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि देखिन्छन् । उनी मेट्रो सुरुङको निर्माणमा भएको प्रगतिबारे कुरा गर्दै गरेको देखिन्छन् । गरिएको भिडियोमा दुई वटा सुरुङमा पानीको चुहावट रोक्नको लागि सुरक्षाको दृष्टिले चार आवरणबारे चर्चा गरिएको छ । 

नयाँ बन्ने ट्रेन कोलकाता मेट्रो लाइन २ को हिस्सा हुनेछ । यसको नाम ‘इस्ट–वेस्ट’ मेट्रो रहनेछ । १६ किमीको मेट्रो–लाइनको दुई फेज सुरु गरिनेछ । पहिलो चरणमा साल्ट लेक सेक्टर–५को साल्ट लेक स्टेडियम स्टेशनसँग जोडिनेछ । पहिलो फेज पाँच किमी लम्बाईको हुनेछ । यो मेट्रोसेवा यही महिना सुरु हुनेछ । 

यो लाइनलाई साल्ट लेक सेक्टर–५ स्टेशनसँग हावडा मैदानसम्म जोडिनेछ । मेट्रोको सुरुङ सन् २०१७ अप्रिलबाट बनाउन सुरु गरिएको हो । सुरुङ ५२० मिटर लामो र ३० मिटर गहिरो छ । सन् २०१७ मा निर्माणकार्य सुरु गरिदाँ, परियोजनाका प्रमुख इन्जिनियर परशुराम सिंहले कोलकातामा भारतमै पहिले मेट्रो सेवा सुरु भएको र पानी मुनि चल्ने मेट्रो चलाउने पनि पहिलो सहर हुने बताएका थिए । 

भारतको पहिलो मेट्रो सेवा कोलकातामा सुरु भएको भए पनि हालसम्म त्यहाँ एउटै मेट्रो लाइन चलिरहेको छ । त्यसलाई नर्थ–साउथ मेट्रोको नामले चिनिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य