2026-07-25 04:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पानीमुनि चल्ने रेलसेवा सुरु गर्दै भारत

साउन २६, एजेन्सी | भारतका केन्द्रीय रेल मन्त्री पीयूष गोयलले विहिबार भारतले छिट्टै पानीमुनि चल्ने रेलसेवा सुरु गर्ने बताए । ट्वीट गर्दै पियूषले यो जानकारी दिएका हुन् । ट्वीटमा पियूषले लेखका छन् ,‘भारतको पानी मुनि चल्ने रेल पहिलो पटक कोलकाताको हुगली नदीमुनि चलाइनेछ ।

 यो उत्कृष्ट इन्जिनियरिङको उदारण हो । यो भारतमा निरन्तर भइरहेको रेल्वे सेवाको प्रगतिको प्रतीक हो । यो बनेपछि कोलकाताका मानिसलाई सुविधा पुग्नेछ भने पुरा देशलाई गर्वको महसुस हुनेछ ।’ट्वीटमा गोयलले एउटा भिडियो पोस्ट गरेका छन् जसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि देखिन्छन् । उनी मेट्रो सुरुङको निर्माणमा भएको प्रगतिबारे कुरा गर्दै गरेको देखिन्छन् । गरिएको भिडियोमा दुई वटा सुरुङमा पानीको चुहावट रोक्नको लागि सुरक्षाको दृष्टिले चार आवरणबारे चर्चा गरिएको छ । 

नयाँ बन्ने ट्रेन कोलकाता मेट्रो लाइन २ को हिस्सा हुनेछ । यसको नाम ‘इस्ट–वेस्ट’ मेट्रो रहनेछ । १६ किमीको मेट्रो–लाइनको दुई फेज सुरु गरिनेछ । पहिलो चरणमा साल्ट लेक सेक्टर–५को साल्ट लेक स्टेडियम स्टेशनसँग जोडिनेछ । पहिलो फेज पाँच किमी लम्बाईको हुनेछ । यो मेट्रोसेवा यही महिना सुरु हुनेछ । 

यो लाइनलाई साल्ट लेक सेक्टर–५ स्टेशनसँग हावडा मैदानसम्म जोडिनेछ । मेट्रोको सुरुङ सन् २०१७ अप्रिलबाट बनाउन सुरु गरिएको हो । सुरुङ ५२० मिटर लामो र ३० मिटर गहिरो छ । सन् २०१७ मा निर्माणकार्य सुरु गरिदाँ, परियोजनाका प्रमुख इन्जिनियर परशुराम सिंहले कोलकातामा भारतमै पहिले मेट्रो सेवा सुरु भएको र पानी मुनि चल्ने मेट्रो चलाउने पनि पहिलो सहर हुने बताएका थिए । 

भारतको पहिलो मेट्रो सेवा कोलकातामा सुरु भएको भए पनि हालसम्म त्यहाँ एउटै मेट्रो लाइन चलिरहेको छ । त्यसलाई नर्थ–साउथ मेट्रोको नामले चिनिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक