२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महोत्तरीमा एक महिलाको हत्या आरोपमा दुई जना पक्राउ

२७ श्रावण २०७६, सोमबार ०५:३१

 साउन २७, महोत्तरी । (रासस) महोत्तरी प्रहरीले मोबाइलको आइएमइ नम्बरको आधारमा एक महिलाको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ । गत असार ५ गते गौशाला नगरपालिका–१० बस्ने अन्जुकुमारी श्रेष्ठको हत्या भएको घटनालाई अनुसन्धानका क्रममा मृतक श्रेष्ठले बोक्दै आएको मोबाइलको आइएमइका आधारमा स्थानीय दुई जनालाई गौशाला प्रहरीले घरबाटै पक्राउ गर्न सफल भएको हो । 

आइतबार पक्राउ परेका गौशाला नगरपालिका–२ का ४१ वर्षीय दशै ठाकुर र सोही नगरपालिका–८ का ३६ वर्षीय राजकिशोर गिरीलाई इलाका प्रहरी कार्यालय गौशालाले आज बिहान पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय गौशालाका अनुसार मृतक श्रेष्ठले बोक्दै आएको मोबाइल गिरीको घरमा बरामद भएको र सोहीको अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ  गरिएको हो ।

गत असार ५ गते मध्यरातको समयमा श्रेष्ठलाई धरिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । हतियार प्रहार गरी फरार भएको समूहले मृतक श्रेष्ठले बोक्दै आएको मोबाइलसमेत लुटेका थियो । हत्याको घटनाको अनुसन्धानको क्रममा मोबाइलको आइएमइको आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक किशोर आचार्यले पत्रकारलाई बताउनुभयो ।

प्रहरी निरीक्षक आचार्यका अनुसार आरोपीलाई जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गरी अनुसन्धान अगाडि बढाएकाले अनुसन्धानबाट थप सत्यतथ्य बाहिर आउने जनाउनुभयो ।

गौशाला बजारमा सञ्चालित निर्धन उत्थान बैंकमा कार्यरत श्रेष्ठलाई मध्यराति निजकै घरमा चक्कु प्रहार गरिएको थियो । गम्भीर घाइते अवस्थामा रहनुभएकी श्रेष्ठको उपचारको लागि जनकपुर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु