२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिका-चीन बीचको व्यापार युद्धले घट्यो चीनको आर्थिक वृद्धिदर

२७ श्रावण २०७६, सोमबार ०६:०६

साउन २७, एजेन्सी  | पछिल्लो समय अमेरिका-चीन बीचको व्यापार युद्ध थप जटिल बन्दै गएको छ । यसले चिनियाँ अर्थतन्त्रमा नकारात्मक संकेत देखिन थालेका छन् । गत हप्ता चीनको सांघाईमा दुबै देशका प्रतिनिधिहरू व्यापार युद्धकै विषयमा छलफल गरेका थिए। 

अमेरिकी प्रतिनिधि वार्ता सकेर अमेरिका पुगेलगत्तै अमेरिकाले चिनियाँ सामानमा थप कर लगाउने निर्णय गर्‍यो। अमेरिकी राष्ट्रिपति डोनाल्ड ट्रम्पले वार्ता सफल नभएको भन्दै चीनबाट आयात हुने ३ सय अर्ब डलर बराबरको सामानमा १० प्रतिशतले कर लगाउने घोषणा गरे ।

यसअघि अमेरिकाले चीनबाट आयात हुने २ सय ५० अर्ब डलर बराबरको सामानमा २५ प्रतिशत कर लगइरहेको थियो। अमेरिकाले पछिल्लो समय करको थप गरेपछि अमेरिका जाने प्राय सबै सामानमा कर लाग्ने भएको छ। अमेरिकाले पहिलो पटक सन् २०१८ को जुनमा २ सय ५० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा १० प्रतिशत कर लगाउने घोषणा गरेको थियो। त्यो कर सन् २०१९ जनवरीमा बढाएर २५ प्रतिशत बनाएको थियो।

अमेरिका-चीनबीच व्यापार युद्धको असर चिनियाँ अर्थतन्त्रमा देखिन थालेको आइएमएफले जनाएको छ। व्यापार युद्धकै परिणाम स्वरुप आइएमएफले चीनको कुल ग्राहस्थ उत्पादन सन् २०१९ को अन्तमा ६.२ प्रतिशत मात्रै हुने प्रक्षपण गरेको छ। सन् २०२० मा यो झनै घट्ने उसको अनुमान छ। आइएमएफका अनुसार सन् २०२० मा चीनको अर्थतन्त्र ६ प्रतिशतलेमात्र विस्तार हुने छ। सन् २०१८ मा चीनको अर्थतन्त्र ६. ३ प्रतिशतले बढेको थियो।

व्यापार युद्धको समाधानको लागि चिनियाँ पक्षले समाधानको प्रयास गरेपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने झनै आक्रामक देखिदै गएका छन्। शनिबार पनि ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उनले चीनको अर्थतन्त्र पछिल्लो केही दशककै सबैभन्दा नाजुक अवस्थामा रहेको बताए।

तर, आइएमएफले अमेरिकाले पछिल्लो समय बढाएको कर अघिनै उक्त प्रक्षेपण गरेको थियो। प्रक्षेपण पछि कर बढाएकाले आइएमएफको प्रक्षेपण पुष्टि हुने संकेत मिलेको छ। व्यापार युद्ध लम्बीदै जाँदा चिनियाँ अर्थतन्त्र अझै खस्कँदै जाने आइएमएफले अनुमान गरेको छ।

आइएमएफले अमेरिका चीन व्यापार युद्धले चीनको मात्रै नभएर समग्र विश्व अर्थतन्त्रमा प्रभाव पर्ने बताएको छ । उसले व्यापार युद्ध समाधानको लागि अपिलसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य