२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हङकङ विमानस्थलमा भरिए प्रदर्शनकारी, सबै उडान रद्ध

२०७६, २७ श्रावण सोमबार १०:००

साउन २७, एजेन्सी  |हङकङको अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारविरोधी प्रदर्शनकारी भरिएका छन्। सोमबार दिउँसो आगमन र प्रस्थानतर्फका टर्मिनल हजारौं प्रदर्शनकारीले भरिएपछि विमानस्थलबाट हुने सबै उडान बन्द गरिएका छन्। प्रदर्शनकारीले यात्रुहरूलाई सुरक्षा जाँच गर्न अवरोध गरेका थिए। हङकङमा प्रदर्शनकारीले विमानस्थल ‘कब्जा’मा लिएर उडान रद्ध गर्नु परेको यो पहिलो पटक हो।

प्रहरीले हान्दा एक जना महिला प्रदर्शनकारीको आँखामा चोट लागेको विरोधमा उनीहरू विमानस्थलभित्र पसेका हुन्। यसअघि पनि शुक्रबार प्रदर्शनकारी विमानस्थलभित्र गएका थिए। उनीहरूले आफ्नो आन्दोलन र मागबारे जापानी, अंग्रेजीलगायत विभिन्न भाषामा लेखिएका प्लेकार्डहरू आगन्तुकलाई दिएका थिए।

प्रदर्शनकारीहरूले अन्तर्राष्ट्रिय समूदायलाई हङकङको अवस्थाबारे जानकारी दिन यस्तो प्रदर्शन गरेको बताएका थिए। सरकारले ल्याएको सुपर्दुगी विधेयकलाई लिएर डेढ महिनाअघि सुरू भएको हङकङको प्रदर्शन अझै मत्थर भएको छैन। पछिल्लो समय प्रहरीले केही प्रदर्शकारीलाई प्रक्राउ गरेपछि आन्दोलन चर्किन थालेको हो। आन्दोलन बढ्दै जाँदा प्रदर्शनकारीहरूले बेङजिङलाई नै चुनौती दिन थालेका छन्। केही दिनअघि उनीहरूले हङकङस्थित चीन सरकारको सम्पर्क कार्यालयमा तोडफोड गरिदिएका थिए। 

 चीनले हङकङमा शान्ति व्यवस्था कायम गर्न जनमुक्ति सेना परिचालन हुन सक्ने बताएको छ। ‘एक देश दुई व्यवस्था’ अनुसार स्वायत्त शासन चलाइरहेको हङकङमा प्रदर्शनकारीले  चीनको सम्पर्क कार्यालयमा आक्रमण गरेपछि बेइजिङले उक्त घटनाको निन्दा गर्दै नगरको सरकारले आग्रह गरे जनमुक्ति सेना हङकङमा परिचालन हुने बताएको हो। चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वू छियानले आइतबारको आक्रमणले एक देश दुई व्यवस्थाको सिद्धान्तको सीमा पार गरेको बताए।

‘हङकङमा भइरहेको विकासक्रमलाई हामी नजिकबाट नियालिरहेका छौं, विशेषगरि जुलाई २१ मा केन्द्रीय सरकारको सम्पर्क कार्यालयमा भएको हिंसात्मक आक्रमणलाई,’ वुले भने,‘प्रदर्शनकारीका केही व्यवहारले एक देश दुई व्यवस्थाको सिद्धान्तको सीमा पार गरेका छन्। जुन सह्य छैन।’

हङकङमा जनमुक्ति सेना अहिले पनि छ। तर सहरमा परिचालन हुन स्थानीय सरकारले बेइजिङलाई अनुरोध गर्नुपर्छ। हङकङको सरकारले ल्याएको विधेयकमा हङकङको कुनै अभियुक्तलाई चीन सरकारले चाहेमा मेनल्याण्ड चीनमा पठाउन सकिने व्यवस्था छ। हङकङवासीले उक्त व्यवस्थाबाट बेइजिङले आफ्ना विपक्षीलाई तारो बनाउने र चीनको न्याय व्यवस्था पारदर्शी नभएकाले न्याय नपाइने भन्दै विरोध गरिरहेकी छन्।

हङकङ सरकारकी प्रमुख क्यारी ल्यामले विधेयक निष्क्रिय भइसकेको बताएकी छन्। तर प्रदर्शनकारीले विधेयक फिर्ता लिनु पर्ने क्यामले राजीनामा दिनुपर्ने माग गरेर आन्दोलन जारी राखेका छन्। धेरैजसो युवाहरू सहभागी हुने आन्दोलनले बेलाबेलामा हिंसात्मक रूप लिने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण