२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्री एयरलाइन्सकोे वनारसमा परीक्षण उडान

२०७६, २७ श्रावण सोमबार १५:२३

साउन २७, काठमाडौँ । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले अन्तरराष्ट्रिय क्षेत्रमा चार्टर्ड उडान शुरु गरेको छ । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गर्दै कम्पनीले भारतको वनारसमा आज परीक्षण उडान (प्रभिङ फ्लाइट) गरेको एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले राससलाई जानकारी दिनुभयो । 

उहाँका अनुसार ५० सिट क्षमताको सिआरजे २०० र ७० सिट क्षमताको सिआरजे ७०० जहाजबाट बनारस गन्तब्यको उडान भर्नेछ । उडान अनुमति पाएपछि भारतका अन्य गन्तब्यमा पनि उडान विस्तार गर्ने कम्पनीको योजना छ । श्री एयरलाइन्ससँग चार वटा दुई सिआरजे २०० र सिआरजे ७०० जहाज छन् ।

वनारसमा चार्डर्ड उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट श्री एयरलाइन्सले अनुमति पाएको थियो । यो परीक्षण उडानपछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट विमान उडान अनुमतिपत्र (एओसी) पाउनेछ ।

अन्तरराष्ट्रिय गन्तब्यमा उडानका लागि पर्यटन मन्त्रालयलाई निवेदन दिएको सोही आधारमा परीक्षण उडान भरेपछि मन्त्रालयको प्रक्रिया पूरा गरी प्राधिकरणले एओसी दिने जनाइएको छ । एयरलाइन्सले व्यावसायिक उडान गर्नुपूर्व नियामक निकायको मापदण्डबमोजिम सक्षमता परीक्षण उडान गर्नुपर्ने हुन्छ । 

भारतका विभिन्न गन्तब्यमा उडान सञ्चालनका लागि छ महीनाअघि अनुमति पाएको र सोही आधारमा परीक्षण उडान गरिएको कम्पनीले उल्लेख गरेको छ । सन् २०१७ देखि फिक्स्ड विङबाट नियमित उडान शुरु गरेको एयरलाइन्सले हाल आन्तरिकतर्फ चन्द्रगढी, विराटनगर, नेपालगञ्जलगायत गन्तब्यमा उडान भर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना