२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाले लगायो एप्पलको म्याकबुक प्रो हवाइजहाजमा लैजान प्रतिबन्ध

२०७६, ३० श्रावण बिहीबार ०६:५६

साउन ३०, एजेन्सी । अमेरिकाले एप्पलको म्याकबुक प्रो ल्यापटपलाई हवाइजहाजको यात्रामा सँगै लैजान प्रतिबन्ध लगाएको छ । अमेरिकाको संघीय उड्डयन प्रशासनले सन् २०१५ देखि २०१७ को बीचमा बनेका १५ इन्चको म्याकबुक प्रो ल्यापटप यात्रुलाई हवाइजहाजभित्र लैजान बन्देज लगाएको हो ।

गत जुन महिनामा एप्पलले सन् २०१५ देखि २०१७ को बीचमा उत्पादन भएका आफ्ना म्याकबुक प्रो ल्यापटप बजारबाट फिर्ता लिएको थियो । ब्याट्रीमा समस्या देखिएको भन्दै एप्पलले ती ल्यापटपलाई फिर्ता लिएको बताएको थियो । उक्त ल्यापटपको ब्याट्रीमा समस्याका कारण बढी तात्ने र आगो लाग्नसक्ने खतरा रहेको एप्पलले जनाएको छ ।

अमेरिकी उड्डयन प्रशासनको निर्णयसँगै अब अमेरिकी विमान सेवा तथा अमेरिकामा जाने कुनैपनि उडान सेवाहरुमा यात्रुहरुले १५ इन्चको म्याकबुक प्रो साथमा राखेर यात्रा गर्न पाउने छैनन् । यात्रुहरुले आफूसँग ल्यापटप राख्न नपाउने मात्र होइन कार्गोको रुपमा समेत हवाइजहाजमा राख्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ । एयर इटाली, एयर ट्रान्सेट, थोमस कुक एयरलाइन्सलगायतले पनि यो ल्यापटपमाथि हवाई यात्रामा प्रतिबन्ध लगाइसकेका छन् ।

म्याकबुक प्रो हवाइ उडानमा प्रतिबन्धित भएको पहिलो डिभाइस भने होइन । यसअघि सामसुङको ग्यालेक्सी नोट सेभेनलाई पनि विमान सेवा कम्पनीहरुले प्रतिबन्ध लगाइसकेका छन् । नोट सेभेनमा पनि ब्याट्रीसँग सम्बन्धित समस्या देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ