२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाले लगायो एप्पलको म्याकबुक प्रो हवाइजहाजमा लैजान प्रतिबन्ध

३० श्रावण २०७६, बिहीबार ०६:५६

साउन ३०, एजेन्सी । अमेरिकाले एप्पलको म्याकबुक प्रो ल्यापटपलाई हवाइजहाजको यात्रामा सँगै लैजान प्रतिबन्ध लगाएको छ । अमेरिकाको संघीय उड्डयन प्रशासनले सन् २०१५ देखि २०१७ को बीचमा बनेका १५ इन्चको म्याकबुक प्रो ल्यापटप यात्रुलाई हवाइजहाजभित्र लैजान बन्देज लगाएको हो ।

गत जुन महिनामा एप्पलले सन् २०१५ देखि २०१७ को बीचमा उत्पादन भएका आफ्ना म्याकबुक प्रो ल्यापटप बजारबाट फिर्ता लिएको थियो । ब्याट्रीमा समस्या देखिएको भन्दै एप्पलले ती ल्यापटपलाई फिर्ता लिएको बताएको थियो । उक्त ल्यापटपको ब्याट्रीमा समस्याका कारण बढी तात्ने र आगो लाग्नसक्ने खतरा रहेको एप्पलले जनाएको छ ।

अमेरिकी उड्डयन प्रशासनको निर्णयसँगै अब अमेरिकी विमान सेवा तथा अमेरिकामा जाने कुनैपनि उडान सेवाहरुमा यात्रुहरुले १५ इन्चको म्याकबुक प्रो साथमा राखेर यात्रा गर्न पाउने छैनन् । यात्रुहरुले आफूसँग ल्यापटप राख्न नपाउने मात्र होइन कार्गोको रुपमा समेत हवाइजहाजमा राख्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ । एयर इटाली, एयर ट्रान्सेट, थोमस कुक एयरलाइन्सलगायतले पनि यो ल्यापटपमाथि हवाई यात्रामा प्रतिबन्ध लगाइसकेका छन् ।

म्याकबुक प्रो हवाइ उडानमा प्रतिबन्धित भएको पहिलो डिभाइस भने होइन । यसअघि सामसुङको ग्यालेक्सी नोट सेभेनलाई पनि विमान सेवा कम्पनीहरुले प्रतिबन्ध लगाइसकेका छन् । नोट सेभेनमा पनि ब्याट्रीसँग सम्बन्धित समस्या देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य