2026-07-05 02:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कात्तिकदेखि बेइजिङ उडान गर्दै हिमालय एयरलाइन्स

2019-08-18

भादौ १, काठमाडौँ  | नेपालबाट विदेशमा उडान गर्ने हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङ उडानको तयारी गरिरहेको छ। बेइजिङमा बनेको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न हिमालयले टिकेटिङदेखि उडानदलका सदस्य नियुक्त गर्ने कामलाई तीब्रता दिएको हो। 

कात्तिकदेखि काठमाडौं बेइजिङ उडान गर्ने तयारीमा रहेको एयरलाइन्सले अहिले टिकेटिङ र जनशक्ती व्यवस्थापनको तयारी गरिरहेको छ ।बेइजिङको नयाँ विमानस्थलमा नियमित व्यावसायिक उडानका लागि अन्तिम प्रशासकीय अनुमति पाउन बाँकी रहेको एयरलाइन्सले अहिले आन्तरिक तयारीलाई पनि सँगै अघि बढाएको हो ।

बेइजिङ उडानकै लागि एयरलाइन्सले २५ जना क्रु मेम्बर(उडानदल सदस्य) माग गरिसकेको छ। यसका लागि छनौटको काम भइरहेको एयरलाइन्स सम्बद्ध स्रोतले जानकारी दिएको छ। यसमा एयरलाइन्सले विशेषगरी चिनियाँ भाषा जानेका नेपाली नागरिक माग गरेको छ।

त्यस्ते बेइजिङमा प्रबर्द्धन र टिकेटिङका लागि एयरलाइन्सले एजेन्सी कन्ट्र्याक्टको काम पनि अघि बढाएको छ।

' सम्भवत् हामी कात्तिकदेखि काठमाडौं-बेइजिङ नियमित व्यावसायिक उडान गर्छौं' एयरलाइन्स स्रोतले भन्यो'बेइजिङको नयाँ विमानस्थलमा उडान गर्ने अन्तिम स्वीकृति पाएसँगै हामी यसको औपचारिक घोषणा गर्छौ।'

यसअघि एयरलाइन्सले चीनमा चार्टर्ड उडान गर्ने अनुमति पाएको थियो।

चीनको तीब्बत एयरलाइन्सले ४९ प्रतिशत लगानी रहेको एयरलाइन्सले हाल साउदी अरबको दमाम, दुबई, आबुदाबी, ब‌ंगलादेशको ढाका, कतारको दोहा,मलेसियाको क्वाललम्पुर उडान गरिरहेको छ। एयरलाइन्सले भारतको नयाँ दिल्ली उडान अनुमति भने अझै पाएको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै