Skip to content
Friday, July 17, 2026 Nepali Online Media

काठमाडौँमा मेट्रो रेल: भारतीय र चिनीयाँबीच प्रतिस्पर्धा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ३, काठमाडौँ | काठमाडौँ उपत्यकामा मेट्रो रेल निर्माण र सञ्चालन गर्न विस्तृत सम्भाव्यता अध्ययन (डिपीआर)का लागि भारत र चिनियाँ कम्पनीबीच प्रतिस्पर्धा सुरु भएको छ ।

लगानी बोर्डको आगामी बैठकमा दुईवटा कम्पनीको प्रस्ताव मूल्यांकन प्रतिवेदन पेस गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ ।

चारवटा प्रस्तावमध्ये दुईवटाको मुल्यांकन गर्दा उपयोगी देखिएकाले मुल्यांकन प्रतिवेदन बोर्डमा पेश गर्ने तयारी भएको लगानी बोर्डका एक अधिकारीले बताए ।

अहिले डिपीआरका लागि राइट्स-रेल इन्डिया टेक्निकल एनड सर्भिसेज) र चीनको संयुक्त कम्पनी चाइना रेलवे सियुवान सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडबीच तीब्र प्रतिस्पर्धा चलिरहेको छ ।

- यो समाचार अन्नपूर्ण दैनिकमा पवन तिमिल्सिनाले लेखेका छन् ।