२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमती र छोरा जलाउने पक्राउ

३ भाद्र २०७६, मंगलवार १४:०२

भदौ ३, धादिङ (रासस) । धादिङको सिद्धलेक गाउँपालिका–१ का २५ वर्षीय गणेश लम्साललाई श्रीमती र छोरालाई आगो लगाई जलाएर मार्न खोजेको आरोपमा आज बिहान प्रहरीले पक्राउ गरेको छ । 

लम्सालले गए राति धन्सारभित्र थुनेर २४ वर्षीया श्रीमती विमला दराई लम्साल र १५ महीनाको छोरा जेनिसलाई तारपिन तेल खन्याएर आगो लगाई ज्यान मार्न खोजेपछि घाइतेलाई गाउँबासीले उद्धार गरेका थिए । 

रक्सी सेवन गरेर आएका गणेशले झगडा गरी श्रीमती र नावालक छोरालाई मार्ने नियतले आगो लगाएका थिए । आफूले बच्चा बोकेर प्रतिकार गर्न नसकेपछि झ्याल खोलेर भागेपछि बाँच्न सफल भएको घाइते विमलाले बनाउनुभयो । 

विमलाको घाँटी, अनुहार, देब्रे हात, खुट्टा र छातीमा गहिरोसँग पोलेको छ भने जेनिसको पेट, ढाड, देब्रे हात र खुट्टामा पोलेको छ । घाइते आमा, छोराको जिल्ला अस्पतालले एकीकृत सङ्कट व्यवस्थापन प्रणालीअन्तर्गत निःशुल्क उपचारको व्यवस्था मिलाएको अस्पतालका सूचना अधिकारी कृष्णलाल श्रेष्ठले बताउनुभयो । 

पक्राउ गरिएका लम्साललाई ज्यान मार्ने उद्योगअन्र्तगत अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य