२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मैले मेरी प्रेमिकालाई मारेँ र उनको मासु खाएँ’

४ भाद्र २०७६, बुधबार ०६:०४

भदौ ४, एजेन्सी | पल ड्युरेन्ट ब्रिटेनमा बस्थे । उनी लागुऔषध दुर्व्यवसनी थिए । र लागुऔषधका लागि चोरी र लुटपाट पनि गर्दथे । थुप्रै महिनादेखि उनी लुटपाटका दुई मामलामा फरार थिए । ब्रिटेनको पुलिस उनलाई दिनरात खोजिरहेको थियो । उनी भागेर स्पेन पुगे ।

त्यहाँ उनको करेनसँग भेट हुन्छ । ४१ वर्षकी करेन दुई बच्चाकी आमा र सम्बन्धविच्छेद भइसकेकी महिला थिइन् । उनी परिवारसँग अलग स्पेनको काल्पे शहरमा बस्थिन् । उनीसँग भेट भएको एक हप्ताभित्र पल उनीबस्ने बिल्डिङको माथिल्लो तल्लामा सरे ।

कुरा सन् २००४ को फेब्रुअरीको हो । करेन करिब हप्तादिनसम्म आफ्नो फ्ल्याटबाट बाहिर निस्किनन् । छिमेकीलाई शंका भयो । पुलिसलाई जानकारी दिए । पुलिसले करेनको फ्ल्याटको ढोका फुटाउँदा भित्र अत्यधिक रगत र रगत लत्पत्तिएका केही चक्कु छरपस्ट थिए । पुलिसले पलको खोजी सुरु गर्यो ।

अन्ततः उनी पक्राउ परे । उनले करेनको हत्या गरेको स्विकारे । करेनलाई हथौडाले हानेर मारेको र शवलाई स–सानो टुक्रामा काटेको पनि पुलिसलाई जानकारी दिए । साथै, उनको शरीरको खान मिल्ने अंग खाएको पनि उल्लेख गरे । करेनको शव भेट्न सकिएन । सुनुवाईको क्रममा उनका एकजना साथी पनि उपस्थित भएका थिए जसले पलले आफूलाई प्रेमिकाको हत्या गरेर उनको मासु खाएको बारे जानकारी दिएको बताए ।

करेनको हत्या आरोपमा पलललाई १२ वर्षको सजाय भयो । साथै चोरी र लुटको मामलामा उनले १५ वर्षको जेलमा बिताउनु थियो । सजाय पूरा भएपछि सन् २०१९ मा उनलाई स्पेनको जेलबाट रिहा गरियो । द सनको रिपोर्ट अनुसार करेन परिवारले पल जेलबाट छुटिएपछि आफूहरुलाई निकै डर लागेको बताए । परिवारका अनुसार पलले आफ्नो अपराध कबुल गरेका थिए त्यसकारण उनलाई छोड्नु सही होइन ।

करेनका परिवार वर्षौपछि पनि उक्त घटनाबाट बाहिर निस्कन सकेका छैनन् । आफ्ना छोरीको हत्यारा खुल्ला हावामा सास फेरिरहेको छ भनेर आफूहरुले सोच्नसमेत नसकेको उनीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य