२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

जुम्लामा स्याउ महोत्सव गरिँदै

२०७६, ४ भाद्र बुधबार ११:०६

 भदौ ४, सिञ्जा | जुम्लावासी यतिबेला स्याउको बजारीकरणमा व्यस्त हुने बेला भएको छ । पछिल्लो समय पूरै जुम्ला स्याउमय बन्न पुगेको छ । यहाँको प्रमुख आन्तरिक स्रोतका रुपमा रहेको स्याउ निर्यातको सबैलाई चटारो छ । पछिल्लो समय स्याउ जुम्लाको चिनारीसमेत बनेको छ । गत वर्ष जिल्लामा १५ हजार बगैँचामा करीब साढे ४४ हजार बोट रोपिएको तथ्याङ्क कृषि ज्ञान केन्द्रले देखाएको छ ।

अघिल्लो वर्ष तीन हजार १५० मेट्रिकटन स्याउ फलेको थियो । यस वर्ष त्यसको दोब्बर छ मेट्रिकटन स्याउ फल्ने अनुमान कृषि ज्ञान केन्द्रको छ । यस्तै यही सम्भावनालाई उजागर गर्न दोस्रोपटक यही भदौ १४ गते ‘जुम्ला स्याउ महोत्सव २०७६’ हुने भएको छ । यहाँ उत्पादित स्याउलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरसम्म चिनाउन स्याउ सम्मेलन गर्न लागिएको हो ।

भदौ १४ गते जुम्ला स्याउ महोत्सवको उद्घाटन कर्णाली प्रदेशका कृषिमन्त्री विमला केसीले गर्ने कान्जिरोवा टाइम्सका प्रबन्धक निर्देशक महेन्द्र कार्कीले जानकारी दिए । आयोजक कान्जिरोवा टाइम्सले स्याउको उत्पादन, प्रवद्र्धन तथा बजारीकरणमा टेवा पुर्याउने, एप्पल टुरिज्मको आधार तय गर्ने र स्याउका परिकारको उत्पादनसम्बन्धी प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको जनाएको छ ।

आयोजक कान्जिरोवाका निर्देशक कार्कीले उत्पादित स्याउको निर्यात प्रक्रियालाई प्रभावकारी बनाउने र स्याउ खानकै लागि जुम्ला पुग्न सघाउ होस् भनेर स्याउ महोत्सव गर्न लागिएको बताए। उहाँका अनुसार जुम्ला स्याउबाट आत्मनिर्भर बन्दै गएको छ ।

जुम्लालाई ‘एप्पल टुरिज्म’का रुपमा चिनाउन महोत्सव आयोजना गर्न लागिएको उनले बताए । देश तथा विदेशमा स्याउप्रतिको आकर्षण बढाउन महोत्सव आयोजना गरिएको उनको भनाइ छ । एक दिनको महोत्सवमा स्याउका विभिन्न परिकारका स्टल राखिने समेत कार्कीले जानकारी दिए ।

सदरमुकाम खलङ्गामा चल्ने महोत्सवको मुख्य आकर्षण भनेको जुम्लामा फल्ने विभिन्न एक दर्जन बढी प्रजातिका स्याउबाट बन्ने विभिन्न किसिमका परिकार रहने छन् । यसमध्ये करीब दुईतिहाई रेड र गोल्डेन डेलिसियस जातका स्याउका परिकार विषेश आकर्षणका रुपमा रहने आयोजकले जनाएको छ ।

पछिल्ला तीन वर्षयता जुम्लामा शुरु गरिएको इटालियन फिजी स्याउ पनि स्टलमा राखिने कार्कीले जानकारी दिए । स्याउसम्बन्धी सम्पूर्ण जानकारी दिन स्याउ सूचना केन्द्र स्थापना गरिनेछ । यस्तै विभिन्न स्थानीय संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम पनि देखाइने भएको छ ।

डकुमेन्ट्री एण्ड पोष्टरिङ बाल क्रियाकलाप र एप्पल ट्री प्रदर्शन नै स्याउ महोत्सवका आकर्षण हुन् । यही सम्भावनालाई उजागर गर्न जुम्लामा पहिलोपटक गत वर्ष भदौ १६ गते स्याउ महोत्सव गरिएको थियो ।

   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा