२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाको टेक्सासमा बलात्कारीलाई मृत्युदण्ड

२०७६, ५ भाद्र बिहीबार ०८:०८

भदौ ५, एजेन्सी | अमेरिकाको टेक्सास राज्यमा १९ वर्षीया कलेजकी छात्रालाई बलात्कार गरी हत्या गरेको आरोपमा दोषी ठहर भएका एक व्यक्तिलाई बुधबार मृत्युदण्ड दिइएको छ ।  टेक्सास राज्यमा यसै वर्ष गम्भीर अपराधको अभियोगमा योसहित चार जनालाई मृत्युदण्ड दिइएको छ । 

टेक्सासको हन्ट्सभिल कारागारमा अभियुक्त ल्यारी स्वेरिनजेनलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएको कारागार प्रशासनले जनाएको छ । अमेरिकी संचारमाध्यमका अनुसार ४८ वर्षीय ल्यारीले अन्तिम समयसम्म पनि आफू निर्दोष रहेको दाबी गरिरहेका थिए । ल्यारीका वकीलहरुले पीडितको डिएनए सही नभएको जिकिर गरेका थिए । अमेरिकी सर्वोच्च अदालतले ल्यारीको अनुरोधलाई बुधबार नै अस्वीकार गरेको थियो ।

दी ह्यूस्टन क्रोनिकलका अनुसार १९ वर्षीया मेलिसा ट्रटरलाई सन् २००० मा बलात्कार गरी हत्या गरेको आरोपमा ल्यारी पक्राउ परेका थिए ।  अमेरिकामा यस वर्ष १२ जनाले मृत्युदण्ड पाइसकेका छन् । यी मृत्युदण्डहरु अमेरिकाका दक्षिणी राज्यहरु टेक्सास, टेनेसी, अलाबामा, जर्जिया र फ्लोरिडामा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ