Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

दाङमा पोखरीमा डुबेर एक जनाको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । सिँचाइका लागि घोराही उपमहानगरपालिका–१८ गिठेपानीमा निर्माण गरिएको पोखरीमा डुबेर सोही ठाउँका ५० वर्षीय देउचन रोकाको मृत्यु भएको हो&nbsp; ।<br></p><p>जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार आज बिहान ७ः१५ बजे उक्त पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ । रोका शुक्रबार साँझ नाच हेर्न घरबाट निस्केका बताइएको छ । रोकाको शव परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ ।&nbsp;</p>