२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

रोल्पाको माडीखोला पुल ऊर्जामन्त्री पुनद्वारा उद्घाटन

२०७६, ७ भाद्र शनिबार १५:५२

भदौ ७, रोल्पा | करीब एकदशकअघि आफैँले शिलान्यास गरेको रोल्पा माडीखोला पुलको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज उद्घाटन गर्नुभएको छ । 

तीन वर्षभित्र निर्माण कार्यसम्पन्न गर्ने गरी विसं २०६५ मा तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठी र अर्थमन्त्रीको हैसियतले वर्षमान पुनले संयुक्तरुपमा उक्त पुल शिलान्याश गर्नुभएको थियो । 

सरकारले पहिलो निर्माण व्यवसायीले काम गर्न नसकेको भन्दै दोस्रोपटक टेण्डर आह्वान गरी अर्को निर्माण कम्पनीलाई उक्त पुल निर्माणको जिम्मा दिएको थियो । सत्र महीनाभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी एसियाटिक राज जेवि कन्ट्रक्सन रोल्पाले उक्त निर्माण कार्यको जिम्मा पाएको हो । 

अघिल्लो वर्ष असार ३१ गते सम्झौता गरी सोही वर्षको भदौ १ गतेदेखि निर्माण आरम्भ गरेको उक्त पुल ११ महीनामा सम्पन्न भइसकेको छ । उक्त पुल रु तीन करोड ३५ लाखको लागतमा निर्माण गरिएको हो । 


अघिल्लो निर्माण व्यवसायीसँग रु चार करोड बढी लागतमा निर्माणका लागि सम्झौता भएको थियो । निर्माण व्यवसायी वसन्त दशौदीले पटकपटक गरी एक करोड बढी भुक्तानी लिइसकेको सडक डिभिजन कार्यालय प्यूठानले जानकारी दिएको छ । उद्घाटन समारोहमा मन्त्री पुनसँगै पूर्वसभामुख ओनसरी घर्तीमगर, प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, प्रदेश सांसद दीपेन्द्रकुमार पुनमगर लगायतको उपस्थिति थियो ।

पुल वनेसँगै रोल्पाको पश्चिमी भू–भागमा उत्पादन हुने तरकारी, फलफूल, घीउ, दाल, जडीबुटी, खसीबोका सदरमुकाम लिवाङ ल्याउन सहज हुने भएको छ । पुल नहुँदा सदरमुकाम लिवाङ, सुलिचौरजस्ता बजार क्षेत्रमा खपत हुने अधिकांश तरकारी पश्चिम रोल्पाबाट सल्यान दाङ हुँदै पुनःरोल्पा आउने भएकाले लागत मूल्य पनि अधिक हुने गरेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो