Skip to content
Friday, July 17, 2026 Nepali Online Media

‘झगडा’ मिलाउँदै अध्यक्ष प्रचण्ड

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ८, काठमाडौँ | सशस्त्र द्वन्द्वका बेला सरकार र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शान्ति वार्तामा ल्याई शान्ति सम्झौता गराउन तत्कालिन नेकपा (एमाले)का महासचिव माधवकुमार नेपालले भूमिका निर्वाह गरेका थिए ।

शान्ति प्रक्रिया सुरु भएपछि उत्पन्न जटिल राजनीतिक परिस्थितीमा प्रचण्डलाई सहमतिमा ल्याउन नेपालले नै समन्वयकारी भूमिका निर्वाह गरेका थिए । त्यतिबेला नेपाल र प्रचण्ड समान हैसियतमा थिए । उहाँ तत्कालिन नेकपा ९एमाले०का महासचिव र प्रचण्ड विद्रोही माओवादीका अध्यक्ष ।

अहिले परिस्थिती मोडिएको छ । दुबै पार्टी एक भएका छन् । दुबै नेता एकै पार्टीका नेता छन् तर हैसियत समान छैन । प्रचण्ड अध्यक्ष छन्, नेपाल एकीकृत पार्टीको चौथो वरियतामा छन् ।

पार्टीमा वरियता खोसिएपछि नेकपा अध्यक्ष केपी शर्मा ओली र नेपालबीचको विवाद सतहमै आएको छ । त्यही विवाद मिलाउन अध्यक्ष प्रचण्ड लागिपरेका छन् ।

- यो समाचार नेपाल समाचारपत्र दैनिकमा मधुसूधन रायमाझीले लेखेका छन् ।