पढ्न करिब 1 मिनेट लाग्छ

भदौ ८, काठमाडौँ | पाकिस्तानका विदेशमन्त्री मकधुम साह महमुद कुरेसीले जम्मु–कश्मीर मामिलामा स्पष्ट दृष्टिकोण अपेक्षा गर्दै क्षेत्रीय शान्ति र स्थिरताका निम्ति सार्क अध्यक्ष राष्ट्रका रुपमा नेपालले खेल्नुपर्ने भूमिकाबारे ध्यानाकर्षण गराएका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बिहीबार अपराह्न फोन गर्दै मन्त्री कुरेसीले अन्तर्राष्ट्रिय कानुन र राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावअनुसार पनि जम्मु–कश्मीरमा भारतले चालेको हस्तक्षेपकारी कदम गलत भएको बताएका थिए ।

- यो समाचार कान्तिपुर दैनिकमा छ ।