१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पेटको विकार हटाउन यी तीन तरिका अपनाउनुहोस

८ भाद्र २०७६, आईतवार ०८:२३

काठमाडौँ | अहिले बजारमा थरीथरीका तयारी खानेकुरा उपलब्ध छ । महिनौंअघि तयार गरिएका यस्ता खाद्यपदार्थ पनि हामी छिटो र छरितोका लागि खाने गर्छौं । त्यसैगरी सडकमा बेच्न राखिएका वा रेष्टुरेन्टका खानेकुराले पनि हामीलाई लोभ्याएको छ । हामी खानेकुरा खाएरै रमाइलो गर्ने गर्छौं र यस क्रममा जतिपनि, जस्तो पनि खानेकुरा खाइरहेका हुन्छौं । जसले हाम्रो स्वस्ठेलाई हानि गरिरहेको हुन्छ |

हाम्रो शरीरलाई कति खानेकुरा आवश्यक छ, ती खानेकुरामा के कस्तो पोषक तत्व छ भन्ने कुरा हामीलाई ख्याल हुँदैन । हामी जिब्रोमा स्वाद लाग्ने खानेकुरा पाए जति खाइदिन्छौं । यसरी खराब खानपानको कारण हाम्रो पेट र आन्द्रा डस्टबिन जस्तै भएको छ । यहीकारण हामी धेरैजसो पेटका रोगी छौं । कसैलाई अपचको समस्या छ भने कसैलाई पेट फुल्ने, कसैलाई एसिडिटीको समस्या छ । धेरैजना त ग्याष्ट्रिकबाट पीडित छौं । यस्ता थुपै्र समस्याको कारण पेट फोहोर हुनु पनि हो ।

अहिले धेरैजसोले पेट र आन्द्रासँग सम्बन्धित समस्यासँग जुध्नु परिरहेको छ । पेटमा ग्यास, कब्जियत जस्ता समस्या त आम हुँदै गएको छ । पेटमा भएको सानोतिनो समस्याले पूरा शरीरलाई प्रभावित बनाइदिन्छ । यस्तो अवस्थामा कसरी पेटलाई प्राकृतिक रुपमा सफा बनाउने त ? आउनुहोस् चर्चा गरौं ।

पर्याप्त पानी : बिहान उठ्नासाथ मनतातो पानी पिउने गरौं । दिनभरमा पनि पर्याप्त पानी सेवन गर्नुपर्छ । कम्तीमा ८ देखि १० गिलास पानी दिनहुँ पिउनुपर्छ । यसले गर्दा पेटको विकार पखालिन्छ ।

मनतातो पानीमा मह : यदि तपाईं ग्याष्ट्रिक वा कब्जियतको समस्याबाट ग्रसित हुनुहुन्छ भने बिहान उठेपछि मनतातो पानीमा एक चम्चा मह मिसाएर पिउनुहोस् । यसले पनि तपाईंको पेट र आन्द्रालाई शुद्धीकरण गर्छ । मह र पानी पिउँदा आन्द्राको विषाक्त पदार्थ बाहिर निस्कन्छ र मेटाबोलिज्म बढ्छ ।

स्याउको रसमा कागतीको रस: यदि तपाईं पेट र आन्द्रालाई सधैं सफा राख्न चाहनुहुन्छ, पेटको विकार हटाउन चाहनुहुन्छ भने स्याउको रस उपयोगी हुन्छ । स्याउको रसमा कागतीको रस मिसाएर नियमित पिउने गर्नुपर्छ । यसले तपाईंको शरीरमा भएको विषाक्त पदार्थ बाहिर निस्कन्छ ।

सुपाच्य खानपान :पेटको विकार हटाउनका लागि उल्लेखित पेयले मात्र पनि पुग्दैन । तपाईंको खानपान पनि उत्तिकै राम्रो हुनुपर्छ । खासगरी सुपाच्य खानेकुरा खानुपर्छ । सजिलै पचाउने, ताजा, फाइबरयुक्त खानेकुरा तपाईंका लागि उपयोगी हुन्छ । आफ्नो खानपानमा सलाद, हरियो सागपात र फलफूललाई प्राथमिकता दिनुपर्छ ।

सक्रियता :साथसाथै तपाईं शारीरिक रुपले पनि सक्रिय हुन जरुरी छ । पेटसम्बन्धी व्यायाम गर्न सक्नुहुन्छ वा योग गर्न सक्नुहुन्छ । शारीरिक रुपमा निष्कृय रहँदा पनि पेट तथा आन्द्रामा समस्या देखापर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली