2026-09-18 07:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पेटको विकार हटाउन यी तीन तरिका अपनाउनुहोस

काठमाडौँ | अहिले बजारमा थरीथरीका तयारी खानेकुरा उपलब्ध छ । महिनौंअघि तयार गरिएका यस्ता खाद्यपदार्थ पनि हामी छिटो र छरितोका लागि खाने गर्छौं । त्यसैगरी सडकमा बेच्न राखिएका वा रेष्टुरेन्टका खानेकुराले पनि हामीलाई लोभ्याएको छ । हामी खानेकुरा खाएरै रमाइलो गर्ने गर्छौं र यस क्रममा जतिपनि, जस्तो पनि खानेकुरा खाइरहेका हुन्छौं । जसले हाम्रो स्वस्ठेलाई हानि गरिरहेको हुन्छ |

हाम्रो शरीरलाई कति खानेकुरा आवश्यक छ, ती खानेकुरामा के कस्तो पोषक तत्व छ भन्ने कुरा हामीलाई ख्याल हुँदैन । हामी जिब्रोमा स्वाद लाग्ने खानेकुरा पाए जति खाइदिन्छौं । यसरी खराब खानपानको कारण हाम्रो पेट र आन्द्रा डस्टबिन जस्तै भएको छ । यहीकारण हामी धेरैजसो पेटका रोगी छौं । कसैलाई अपचको समस्या छ भने कसैलाई पेट फुल्ने, कसैलाई एसिडिटीको समस्या छ । धेरैजना त ग्याष्ट्रिकबाट पीडित छौं । यस्ता थुपै्र समस्याको कारण पेट फोहोर हुनु पनि हो ।

अहिले धेरैजसोले पेट र आन्द्रासँग सम्बन्धित समस्यासँग जुध्नु परिरहेको छ । पेटमा ग्यास, कब्जियत जस्ता समस्या त आम हुँदै गएको छ । पेटमा भएको सानोतिनो समस्याले पूरा शरीरलाई प्रभावित बनाइदिन्छ । यस्तो अवस्थामा कसरी पेटलाई प्राकृतिक रुपमा सफा बनाउने त ? आउनुहोस् चर्चा गरौं ।

पर्याप्त पानी : बिहान उठ्नासाथ मनतातो पानी पिउने गरौं । दिनभरमा पनि पर्याप्त पानी सेवन गर्नुपर्छ । कम्तीमा ८ देखि १० गिलास पानी दिनहुँ पिउनुपर्छ । यसले गर्दा पेटको विकार पखालिन्छ ।

मनतातो पानीमा मह : यदि तपाईं ग्याष्ट्रिक वा कब्जियतको समस्याबाट ग्रसित हुनुहुन्छ भने बिहान उठेपछि मनतातो पानीमा एक चम्चा मह मिसाएर पिउनुहोस् । यसले पनि तपाईंको पेट र आन्द्रालाई शुद्धीकरण गर्छ । मह र पानी पिउँदा आन्द्राको विषाक्त पदार्थ बाहिर निस्कन्छ र मेटाबोलिज्म बढ्छ ।

स्याउको रसमा कागतीको रस: यदि तपाईं पेट र आन्द्रालाई सधैं सफा राख्न चाहनुहुन्छ, पेटको विकार हटाउन चाहनुहुन्छ भने स्याउको रस उपयोगी हुन्छ । स्याउको रसमा कागतीको रस मिसाएर नियमित पिउने गर्नुपर्छ । यसले तपाईंको शरीरमा भएको विषाक्त पदार्थ बाहिर निस्कन्छ ।

सुपाच्य खानपान :पेटको विकार हटाउनका लागि उल्लेखित पेयले मात्र पनि पुग्दैन । तपाईंको खानपान पनि उत्तिकै राम्रो हुनुपर्छ । खासगरी सुपाच्य खानेकुरा खानुपर्छ । सजिलै पचाउने, ताजा, फाइबरयुक्त खानेकुरा तपाईंका लागि उपयोगी हुन्छ । आफ्नो खानपानमा सलाद, हरियो सागपात र फलफूललाई प्राथमिकता दिनुपर्छ ।

सक्रियता :साथसाथै तपाईं शारीरिक रुपले पनि सक्रिय हुन जरुरी छ । पेटसम्बन्धी व्यायाम गर्न सक्नुहुन्छ वा योग गर्न सक्नुहुन्छ । शारीरिक रुपमा निष्कृय रहँदा पनि पेट तथा आन्द्रामा समस्या देखापर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई