पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>भदौ ९, काठमाडौँ | </b>चीनको राजधानी बेइजिङमा भर्खरै तयार भएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने विमानमध्येमा नेपाल पनि रहेको छ ।<br></p><p>तासिङ विमानस्थलले सार्वजनिक गरेको पछिल्लो सूचीमा तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्समा नेपालको हिमालयन एयरलाइन्ससहित केन्या र बरुनाइका विमान रहेको उल्लेख छ ।</p><p>यसअघि चिनियाँ सञ्चारमाध्यमले काठमाडौँ–बेइजिङ उडान भर्ने नेपाली एयरलाइन्सको नाम खुलाएका थिएनन् । तर, छीनार, सी–ट्रिपलगायत चिनियाँ ट्राभल एजेन्सीले हिमालयन एयरलाइन्सको नाममा अनलाइनमार्फत टिकट बिक्री प्रक्रिया थालिसकेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा लक्ष्मी लम्सालले लेखेकी छिन् । </p>

