२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इमरान खानले भने, म आफैं कश्मीरको राजदूत बनेर सारा दुनियाँमा कुरा उठाउने छु

१० भाद्र २०७६, मंगलवार ०५:२७

भदौ १०, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सवा अर्ब जनसंख्या रहेका मुसलमानहरुले संयुक्त राष्ट्र संघले कश्मीरका जनतालाई मद्दत गर्छ कि गर्दैन भनेर हेरिरहेको बताएका छन् | उनले कश्मीर मामिलामा कुनै पनि हदसम्म जान सक्ने चेतावनी दिए |

राष्ट्रलाई सम्बोधन गर्ने क्रममा खानले भने, ‘यदि कश्मीर मुद्दाले लडाइँको रुप लियो भने याद रहोस् दुवै मुलुक परमाणु शक्ति सम्पन्न छन् । हामी कुनै पनि हदसम्म जान सक्छौं ।’

कश्मीरी जनता संकटमा रहेको भन्दै उनले उनीहरुलाई आफूहरुले साथ दिने बताए । उनले भने, ‘म आफैं कश्मीरको राजदूत बनेर सारा दुनियाँमा कुरा उठाउने छु । २७ सेप्टेम्बरमा संयुक्त राष्ट्र संघमा कश्मीरको अवस्थाबारे जानकारी गराउने छु ।’

यसबारे पूरै पाकिस्तानमा १२ बजेदेखि साढे १२ बजेसम्म आधा घण्टा बाहिर निस्किएर कश्मीरको बारेमा पनि बताउने प्रधानमन्त्री खानले जानकारी दिए । भारतले संविधानको धारा ३७० खारेज गरेर कश्मीरलाई दिइएको विशेष राज्यको दर्जा खोसेपछि यो अन्तर्राष्ट्रिय मुद्दा बनेको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कारण कश्मीरका जनतालाई स्वतन्त्रताको मौका मिलेको इमरान खानको भनाइ छ ।

कट्टर हिन्दुवादी संस्था राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)को योजना अनुसार भारतले कश्मीर मुद्दामा कुरै गर्न नचाहेको उनले आरोप लगाए । आरएसएस भारतको एक हिन्दु राष्ट्रवादी, अर्धसैनिक स्वयंसेवक संगठन हो, जुन सत्तारुढ भारतीय जनता पार्टीको भातृ संस्था मानिन्छ । बीबीसीका अनुसार आरएसएसलाई विश्वकै सबैभन्दा ठूलो स्वयंसेवी संस्था भनिन्छ ।

इमरान खानले सम्बोधनको क्रममा भारत सरकार संयुक्त राष्ट्रसंघको प्रस्ताव, संविधान, जवाहरलाल नेहरुको प्रतिबद्धता र धर्मनिरपेक्षताविरुद्ध गएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य