2026-07-05 01:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनताको मुद्दा उठाउँदा पत्रकार भइँदैन भने मलाई पत्रकार बन्नुछैन : रबि लामिछाने

2019-08-27

भदौ १०, काठमाडौँ । मंगलबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै रवि लामिछानेले प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठसँगको  व्यक्तिगत दुश्मिनी नभएको बताए | उनले भने, सार्वजनिक पद धारण गरेको व्यक्ति भएको बताउँदै श्रेष्ठले आफूलाई पत्रकार होइन भनेको विषयमा ‘जनताको मुद्दा उठाउँदा पत्रकार भइँदैन भने मलाई पत्रकार बन्नुछैन ।’ 

आफूले कसैबाट समाचारका लागि पैसा लिएको प्रमाणित भए पत्रकारिता नै छाड्ने बताएका छन् । आफूले कोही कसैबाट पनि समाचारका लागि पैसा नलिएको दाबी गरेका गर्दै उनले आरोप लगाउनेहरुसँग आफ्नो स्टुडियोमा प्रत्यक्ष बहस गर्न तयार रहेको बताउँदै भने, ‘आरोप लगाउनेहरु मेरो स्टुडियोमा आउनुहोस्, लाइभ बहस गर्न सक्छु । मलगायत मेरो टीमको कसैले पनि कहाँ–कहिले पैसा खायो भनेर प्रमाणित गरिदिनुहोस् । म यो पत्रकारिता जस्तो पवित्र पेसामा बस्दिनँ ।’

उनले रिस साँधेर आरोप लगाउन सजिलो भएको बताउँदै आफूलाई पछाडिबाट ढुङ्गा हान्नुभन्दा बरु अगाडिबाट गोली हान्न चुनौती पनि दिए । लामिछानेले आफू २–४ करोड कमाउनका लागि आफ्नो ज्यान हत्केलामा नराखेको पनि जिकिर गरे । ‘पैसाको लोभ हुँदो हो भने यो जीवन छान्ने थिइनँ,’ उनले भने ।

लामिछानेले अदालतले केही मुद्दामा चर्चा नगर्न आदेश दिएकाले आफूले त्यसलाई शिरोधार्य गर्दै सम्मानित अदालतको गरिमामा कुनै पनि आँच नआउने गरी अभिव्यक्तिहरु राख्ने स्पष्ट पारे । उनले सीधा कुरा जनतासँगको कार्यक्रम अझ बढी जिम्मेवार र ओझिलो हुनेमा निर्धक्क रहन आग्रह गरे । 

उनले आफूले पाएको साथ र समर्थनलाई ऋणको रुपमा लिएको बताउँदै उनले भने, ‘यसले हामीलाई निदाउन दिने छैन ।’ सीधा कुरा जनतासँगको कार्यक्रममा आगामी शनिबारदेखि उपस्थित हुने तयारी गरिरहेको जानकारी दिँदै उनले भने, ‘यो परिवर्तन पनि हुनसक्छ, टीमसँग छलफल भएको छैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै