२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीले सिंगापुरबाट भिडिओ कन्फेरेन्समार्फत् चलाएको क्याबिनेट बैठक विवादमा

२०७६, १० भाद्र मंगलवार ०९:२९

भदौ १०, काठमाडौँ | उपचारका क्रममा भदौ ५ गते सिंगापुर गएका प्रधानमत्री ओलीले सोमबारको मन्त्रिपरिषद्को बैठक भिडिओ कन्फेरेन्समार्फत् उतैबाट चलाएका थिए। प्रधानमन्त्रीले विदेशबाट  क्याबिनेट बैठक चलाएको यो पहिलो घटना हो ।

अघिल्लो साता बसेको मन्त्रिपरिषद् बैठकबाट कार्यसम्पादन नियमावली २०६४ मा संशोधन गरी प्रधानमन्त्री स्वदेश वा विदेश भ्रमणमा रहेको अवस्थामा पनि भिडिओ कन्फेरेन्सबाट मन्त्रिपरिषदको बैठक बस्न सक्ने निर्णय गरिएको थियो ।

प्रधानमन्त्रीले विदेशी भूमिबाट क्याबिनेट बैठक चलाउँदा एकातिर गलत नजिर स्थापना हुने र अर्कातिर देशका महत्वपूर्ण निर्णय चुहावट हुने भन्दै आलोचना भइरहेको छ | प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भोलि सभामुखले संसद र प्रधानन्यायाधीशले अदालत विदेशबाट चलाए भने के गर्ने भन्दै प्रश्न गरेका छन् ।

‘सरकारमा कम्युनिष्ट पार्टी छ, अलग कुरा। तर सरकार त हामी सबै नेपालीको हो । कार्यसम्पादन नियमावली संशोधन गरेर आज कार्यपालिकाको बैठक विदेशबाट चलाइएको नजिर आधार मानेर भोलि सभामुखले संसद र प्रधानन्यायाधीशले अदालत विदेशबाटै चलाउने कर्म गरे देशलाई त्यो पाच्य होला?’ शर्माले ट्वीटरमा भनेका छन्, ‘(प्रधानमन्त्री)शीघ्र स्वास्थ्यलाभ गरेर स्वदेश फर्कनुहोस्, जनताले दिएको म्यान्डेट बमोजिम पूरा अवधि सरकार चलाउनुहोस् । तर विदेशबाट मन्त्रिपरिषद बैठक सञ्चालन गर्न मिल्ने गलत परम्परा नबसाउनुहोस्। विनम्र ढंगले गम्भीर विमति।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री  कमल थापाले भिडिओ कन्फेरेन्सबाट मन्त्रिपरिषद बैठक चलाउनु वाहियात र देखावटी भएको बताएका छन्। प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाललाई मेन्सन गर्दै थापाले ट्वीटरमा लेखेका छन्- न देशमा आपतकाल छ, न  तत्काल बितिहाल्ने काम छ। सरकारप्रति जनताको वितृष्णा बढ्दै छ। यस्तो अवस्थामा किन यस्तो वाहियात र देखावटी तामझाममा उपचाररत प्रमलाई प्रोत्साहित गरिन्छ ?

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी कै नेताहरूले पनि प्रधानमन्त्रीले विदेशबाट क्याबिनेट बैठक चलाउन नमिल्ने बताएका छन् ।नेकपाका स्थायी समिति सदस्य भीम रावलले प्रविधि छ भन्दैमा सार्वभौमसत्ता सम्पन्न मुलुकको मन्त्रिपरिषद बैठक विदेशबाट सञ्चालन गर्न नमिल्ने तर्क गरेका छन् ।

‘साधारणतया कुनै पनि सार्वभौमसत्ता सम्पन्न देशको प्रधानमन्त्री या राष्ट्रपतिले विदेशमा रहँदा त्यहाँबाट आफ्नो देशको भौगोलिक क्षेत्राधिकारभन्दा बाहिर रहेर मन्त्रिपरिपद बैठक सञ्चालन गरेको मलाई आजसम्म थाहा छैन,’ कान्तिपुर टेलिभिजनको कार्यक्रम फायर साइडमा रावलले भनेका छन्, ‘मन्त्रिपरिषदका निर्णयहरू भनेका राष्ट्रिय गोप्यतासँग सम्बन्धित पनि हुन्छन्, जबसम्म सरकारले कुनै विषयलाई सार्वजनिक गर्नुपर्छ भन्ने कुरा ठान्दैन तबसम्म ती कुराहरू सार्वजनिक जानकारीमा आउँदैनन्।’

उनले आफूले पढेको राजनीतिशास्त्रमा कुनै सार्वभौमसत्ता सम्पन्न देशका प्रधानमन्त्रीले आफ्नो क्षेत्रीय, भौगोलिक सार्वभौमसत्ताभन्दा बाहिर रहेर मन्त्रिपरिषद बैठक गर्न चलाएको उदाहरण नभेटेको बताएका छन्।

‘प्रविधि माध्यम छ भन्दैमा मन्त्रिपरिषद बैठक गर्न मिल्दैन। हाम्रो देशमा पनि आजसम्म प्रधानमन्त्री विदेश जाँदा अर्को कुनै व्यक्तिलाई जिम्मा दिएर अनि निजले नै बैठक गर्ने प्रचलन रहँदै आएको हो,’ उनले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो