२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोटरसाइकल चोरी मुद्दाका आरोपित हत्कडी खोलेर भागे

२०७६, १० भाद्र मंगलवार १०:३८

भदौ १०, काठमाडौं । मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका दुईजना फरार भएका छन् । प्रहरीका अनुसार ४ भदौमा सितापाइलाबाट प्रकाश तामाङको लु ५२प ८५०५ नम्बरको मोटरसाइकल चोरीमा संलग्न भएको देखिएपछि उनीहरुलाई बुटवलबाट पक्राउ गरेको थियो । 

पक्राउ गरेको तीन दिनपछि जिल्ला अदालत रुपन्देहीबाट ५ दिन म्याद थप गरेर विस्तृत अनुसन्धानका लागि वारदात स्थान महानगरीय प्रहरी वृत्त, स्वयम्भुमा ल्याउने क्रममा मंगलबार थानकोटबाट उनीहरु भागेको जनाइएको छ ।

रामेछापको लिखु तामाकोशी-१ घर भइ टेकु बस्ने रविन नेपाली र मोटरसाइकल खरिदकर्ता भीमबहादुर सुनुवार फरार भएका हुन् । बिहान करिब साढे ४ बजे सार्वजनिक सवारीबाट प्रहरीको आँखा छलेर हातमा लगाएको हत्कडीसमेत खोलेर उनी फरार भएको  महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ | 

सूचना प्राप्त भएलगत्तै खटिएको टोलीले नेपालीलाई भने पक्राउ गर्न सफल भएको छ । उनी थानकोट आसपासमै लुकीछिपी बसेको अवस्थामा समातिएको प्रहरीले जनाएको छ | पक्राउ गरेका उनलाई आवश्यक अनुसन्धानका लागि स्वयम्भु प्रहरी वृत्तमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो