2026-07-05 05:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को महिला विभाग गठन

2019-08-27

भदौ १०, काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को महिला विभाग गठन भएको छ । मङ्गलबार सम्पन्न आर्थिक महिला पत्रकारहरुको भेलाले सात सदस्यीय महिला विभाग गठन गरेको हो । गठित विभाग प्रमुखमा आर्थिक अभियान राष्ट्रिय दैनिककी प्रजिता बुढाथोकी रहेकी छिन् । 

सदस्यहरुमा मेरो लगानी डटकमकी सुधा देवकोटा, इन्स्योरेन्स खवर डटकमकी रिना खत्री, आर्थिक अभियान राष्ट्रिय दैनिककी मल्लिका घिमिरे, अन्नपूर्ण पोष्ट दैनिककी सपना महर्जन र आर्थिक पत्रकारितामा कलम चलाउँदै आएका दिप्ती भट्ट र मिना आचार्य रहेका छन् । नव गठित विभागकी प्रमुख नाफिज केन्द्रिय कार्यसमिति सदस्य हुन । 


प्रादेशिक संरचना अनुसार नाफिजले आफ्नो संरचना विस्तार गर्दै आएको छ । आर्थिक पत्रकारिता क्षेत्रमा महिलाहरुले भोगेका साझा समस्याको आवाज उठाउँन र आर्थिक क्षेत्रका समग्र महिलाहरुको शशक्तिकरणका लागि नव गठित विभागले काम गर्नेछ । विभागको उदेश्य भनेको पत्रकारिता क्षेत्रमा महिलाहरुले पनि आफ्नो छुट्टै पहिचान बनाउने हिसावमा काम गर्ने वातावरण सृजना गर्नु हो ।

नेपाल आर्थिक पत्रकार संघ( नाफिज) को अध्यक्ष सीताराम भट्टराईको सभापतित्व एवम् संघीय संसद, प्रतिनिधि सभा विकास तथा प्रविधि समिति सभापति माननिय कल्याणी खड्काको प्रमुख आतिथ्यतामा महिला विभाग गठन भएको हो । कार्यक्रममा बोल्दै संघीय संसद, प्रतिनिधि सभा विकास तथा प्रविधि समिति सभापति खड्काले नवगठित विभागका पदाधिकारीहरुलाई शुभकामना दिर्दै आगामी दिनमा सरकारको तर्फबाट गर्नुपर्ने सहयोगको लागि तयार रहेको बताईन । 


सृष्टीको सृजना गर्ने महिलाहरुले जुन सुकै काम गर्न सक्ने वताउदैं उनले आर्थिक पत्रकारितामा आफ्नो छुट्टै पहिचान बनाउन महिला पत्रकारहरु निरन्तर लाग्नुपर्नेमा जोड दिईन । नाफिजका अध्यक्ष सीताराम भट्टराईले आर्थिक पत्रकारितामा महिलाहरुको विशेष भुमिकाको आवश्यकतालाई महसुस गरी यस क्षेत्रमा महिला शशक्तिकरणको सुरुवातका लागि विभाग गठन गरिएको बताए । यो थालनी नेपाली आर्थिक पत्रकारितामा महिला शशक्तिकरणका लागि नयाँ कोशेढुङ्गा सावित हुने उनले विश्वास व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै