२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुडान घोटालाका दोषी शम्भु भारती पक्राउ

२०७६, १३ भाद्र शुक्रबार ०४:५७

भदौ १३, काठमाडौँ | नेपाल प्रहरीको सुडानमा खटिने राष्ट्रसंघीय मिसनका लागि आवश्यक सामाग्रीहरु खरिदमा भएको घोटाला प्रकरणका दोषी शम्भु भारती पक्राउ परेका छन्। भारतीले सुडान मिसनका लागि आवश्यक सामाग्री आपूर्ती गरेका थिए। 

सर्वोच्च अदालतको फैसला कार्यान्वयन महाशाखाले भारती पक्राऊ परेको पुष्टि गरेको छ। सर्वोच्च अदालतले दोषी ठहर गरेपनि भारती फरार रहेका थिए। २०६२/६२ सालको जनआन्दोलन लगत्तै २०६४ सालमा सुडान घोटाला प्रकरण चर्चामा आएको थियो। सुडान मिसनका लागि सामान किन्दा २८ करोड ४० लाख भ्रष्ट्राचार भएको थियो। भारतीलाई उक्त प्रकरणमा अदालतले एक बर्ष कैद र १४ करोड २० लाख जरीवाना तोकेको थियो।  

सर्वोच्च अदालतले ठेकेदार कम्पनी एस्युर्ड रिस्क कम्पनीका एजेन्टका रुपमा रहेका भारतीलाई दोषी मानेको थियो। उक्त मुद्दामा नेपाल प्रहरीका महानिरिक्षकहरुलाई ठेकेदार कम्पनीको हैसियत विचार नगरेको आरोप थियो।

सर्वोच्च अदालतले सुडान घोटालाको मुद्दामा तत्कालिन महानिरिक्षकहरु ओम विक्रम राणा, हेमबहादुर गुरङ, रमेशचन्द्र ठकुरीलाई दोषी ठहर गरेको थियो। सर्वोच्च अदालतका तत्कालिन प्रधान न्यायाधीश सुशीला कार्की र विश्वम्भरप्रसाद श्रेष्ठले सुडान घोटालाका कारण समग्र राष्ट्रले असर भोग्नु परेको फैसला मार्फत् टिप्पणी गरेको थियो। 'कुनै राष्ट्रको सम्पत्तिमा हानि नोक्सानी भए सबै जनताले नोक्सानी बेहोर्नुपर्ने र समग्र राष्ट्रलाई नै असर हुन्छ' फैसला भनिएको छ, 'यूएन मिसनमा गएका प्रहरीको ज्यान जोखिममा पर्दासमेत उनीहरूमाथि मायासम्म नहुनु र राष्ट्रको प्रतिष्ठाको अनुभूतिसम्म राष्ट्रसेवकले गर्न नपाउनु आफैंमा गम्भीर विषय हो ।’

काम नलाग्ने सामान फिर्ताको कुनै पहल नभएको, खरिद गरिएका स्पेयर पार्ट्सको कुनै पत्तो नभएको र भुक्तानी लिइसक्दा पनि सामान सम्बन्धित ठाउँमा पुग्न नसकेको भन्दै अदालतले सामान्य मानिसले पनि बुझ्न सक्ने यस्ता विषयवस्तुमा तत्कालीन प्रहरी अधिकारीहरू मौन रहनुलाई मिलेमतोको उपज हो।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो