२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानी प्रधानमन्त्री खानद्वारा काश्मिर पक्षीय कार्यक्रमको नेतृत्व

२०७६, १३ भाद्र शुक्रबार १६:२९

भदौ १३, इस्लामावाद (रासस/एएफपी) | पाकिस्तानमा हजारौँको सहभागितामा शुक्रबार भएको प्रदर्शनको नेतृत्व प्रधानमन्त्री इमरान खानले गर्नुभएको छ ।

भारतको केन्द्रीय सरकारले काश्मिरको बारेमा गरेको निर्णयको विरुद्धमा महत्वकांक्षी प्रदर्शन भएको समाचारमा जनाइएको छ ।  

प्रधानमन्त्री खान संयुक्त राष्ट्रसंघको बार्षिक महासभामा सहभागी हुन जानुभन्दा केही हप्ता अगाडि प्रदर्शनको आयोजना गरिएको हो । 

उहाँले आउँदो महिना हुने महासभामा काश्मिरको दूतको रूपमा काश्मिरका जनताको पक्षबाट आवाज उठाउने बताउनुभएको छ । 

प्रदर्शनका लागि प्रधानमन्त्रीको सचिवालय अगाडि पनि हजारौ उपस्थित भएका थिए । उनीहरूले काश्मिरमा फोन, इन्टरनेट जस्ता सञ्चारसम्वन्ध विच्छेद गरिएको, आन्दोलन गर्न प्रतिबन्ध गरिएको र हजारौँलाई पक्राउ गरिएको बारेमा पनि चिन्ता व्यक्त गरेका थिए । 


प्रधानमन्त्री खानले प्रदर्शनमा उत्रिएर काश्मिरका जनताप्रति ऐक्ववद्धता जनाइएको र आफूहरु काश्मिरी जनताको पछाडि रहेको सन्देश दिन चाहेको बताउनुभयो ।

प्रदर्शनलाई सम्वोधन गर्दै उहाँले भन्नुभयो, “हामी सास रहेसम्म काश्मिरका जनताको पक्षमा उभिन्छौँ ।”

राजधानी इस्लामावाद बाहेक देशका अन्य सहरहरुमा पनि प्रदर्शनकारीको उल्लेख्य सहभागिता रहेको अधिकारीहरूले जनाएका छन् ।

प्रदर्शनकारीहरुले ठूला ठूला झण्डा फहराएका थिए भने काश्मिरी जनताको अधिकारका पक्षमा नारा लगाएका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण