2026-09-19 07:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नागार्जुन एकेडेमी तीज नृत्य प्रतियोगितामा प्रथम

भदौ १३, काठमाडौं ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल(प्याब्सन) काठमाण्डौंद्धारा आयोजित उपत्यका स्तरीय अन्तर विद्यालय तीज नृत्य प्रतियोगितामा रानीबनस्थित नागार्जुन एकेडेमी प्रथम भएको छ।  जमल स्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा विजेतालाई रु १५ हजार नगद, ट्रफी र प्रमाणपत्र सहित सम्मान गरिएको छ । 

यस्तै गरी, चाबहिलको गोल्डेन पिक हाई स्कूलद्धारा आयाजित दोश्रो उपत्यकाव्यापी ‘गोल्डेन पिक अन्तर विद्यालय तीज नृत्य प्रतियोगिता’मा पनि नागार्जुन एकेडेमी नै प्रथम भएको छ । सो नृत्य प्रतियोगिता समापन कार्यक्रमकी प्रमुख अतिथि संघीय प्रतिनिधि सभाकी सदस्य समेत रहेकी नेतृ रामकुमारी झाँक्रीले विजेतालाई रु ३० हजार सहित प्रमाणपत्र हस्तान्तरण गरिन् । 

उपत्यकाका २९ वटा स्कूल सहभागी गोल्डेन पिक तीज नृत्य कार्यक्रममा सृजना ज्ञानसागर स्कूल दोश्रो र कौशल इङ्लिश स्कूल तेस्रो भएका छन् । कार्यक्रमको उद्घाटन काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्कीले गरेकी थिइन् । 

विद्यार्थी र शिक्षकले राम्रो तयारी गरेको कारण यो सफलता हात पार्न सफल भएको शिक्षक रामचन्द्र श्रेष्ठले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो