२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नायिकाले छतबाट हाम फालेर गरिन् आत्महत्या, यस्तो छ कारण

१४ भाद्र २०७६, शनिबार ०८:३०

भदौ १४,एजेन्सी |  स्टार बन्ने सपना बोकेर थुप्रै युवा–युवती मुम्बई भास्सिएका हुन्छन् । कतिले भाग्य र मेहनतका कारण मौका पनि पाउँछन् तर कतिले अत्यधिक संघर्ष गर्दा पनि केही हासिल गर्न सकिरहेका हुँदैनन् । 

यस्तै भयो एक उदाउँदो नायिकामाथि पनि ।

पर्ल पंजाबी नामकी यी नायिकाले २९ अगस्टको राती आफू बस्ने अपार्टमेन्टको छतबाट हाम फालेर आत्महत्या गरेकी छिन् । यी नायिकाको उमेर २५ वर्ष बताइएको छ । पर्ल पंजाबी मुम्बईको ओशिवारा इलाकामा बस्थिन् । यी नायिकाले कुनै दिन बलिउडकी चर्चित नायिका बन्ने सपना बोकेकी थिइन् । 


ठूलो सपनासहित यी नायिकाले मनोरञ्जनको क्षेत्रमा कदम त राखिन् तर सायद उनी यो रेसमा टिक्नका लागि आइपर्ने दबाब झेल्न सकिनन् । उनी निकै लामो समयदेखि आफ्नो नीजि र व्यवसायिक जीवनमा संघर्ष गरिरहेको बताइन्छ । जब समस्याको कुनै समाधान देखिएन तब नायिकाले आत्महत्याको बाटो रोजेको पनि बताइन्छ ।

पर्ल जुन अपार्टमेन्टमा बस्थिन् त्यहाँका गार्डले घटनाबारे जानकारी दिएका हुन् । उनका अनुसार घटना करिब सवा १२ देखि साढे १२ को बीच भएको थियो । केही खसेको आवाज आएपछि आफूहरु कुदेर उनी भएठाउँ पुगेको उनले बताए । उनका अनुसार हाम फालेपछि उनको स्थिती निकै खराब थियो र उनलाई तुरुन्त अस्पताल पुर्याइएको थियो तर उनको उपचारको क्रममा मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य