2026-09-18 07:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता छन् श्रीमानलाई मन नपर्ने श्रीमतीका बानीहरु

काठमाडौँ |  श्रीमान्-श्रीमती दुवैलाई एक-अर्काको नराम्रो बानीका कारण सँगै बस्न, केही कुरा भन्न मन नलाग्ने हुन सक्छ । त्यसैले श्रीमान्-श्रीमती दुवैले एक-अर्कालाई मन नपर्ने बानीमा सुधार गर्नु पर्छ । जसका कारण तपाईंको वैवाहिक सम्बन्ध सुमधुर बनिरहन सहयोग पुग्छ ।

श्रीमानलाइ मन नपर्ने श्रीमतीका बानीहरु यस्ता छन् |

घुमाउरो पाराले कुरा गर्ने :कतिपय श्रीमतीहरु कुनै पनि कुरालाई स्पष्ट रुपले व्यक्त गर्दैनन् । उनीहरु सधैं घुमाइ-फिराइ गरेर कुनै कुराको संकेत दिने प्रयास गर्छन् । त्यस्तो बेला जब श्रीमानले उनको कुरा बुझ्दैनन्, तब उनी उल्टै व्यंग्य गर्न थाल्छन् । त्यति गर्दा पनि श्रीमानले उनको कुरा बुझेनन् भने श्रीमतीहरु चिडचिडाउन थाल्छन् । त्यसैले श्रीमानहरु श्रीमतीले कुनै पनि कुरा स्पष्ट रुपमा व्यक्त गरुन् भन्ने चाहन्छन् ।

व्यक्तिगत चिजहरुलाई घोचपेच:अपनत्व तथा एकाधिकार जनाउनका लागि जब श्रीमतीहरु श्रीमान् अफिसबाट घर फर्किएपछि उनीहरुको अफिस ब्याग, पाइन्टको खल्ती, पर्स, मोबाइल, ल्यापटप जस्ता चिजहरुमा घोचपेच गर्न थाल्छन् अथवा ती चिजहरुको बारेमा चासो व्यक्ति गर्दै खोजीनीति गर्न थाल्छन्, यो कुराबाट श्रीमानहरु मनमनै निकै रिसाइसकेका हुन्छन् । धेरै चिन्ता त त्यो बेला महसुस हुन्छ, जब उनीहरुले आफ्ना श्रीमानसँग कुनै महिला, चाहे ती कुनै क्लाइन्ट नै किन नहुन्, उनको फोन, एसएमएस, फोटो अथवा कुनै कागजात देखेपछि त्यसका बारेमा विस्तृत रुपले जान्ने कोसिस गर्न थाल्छन् । पर्समा धेरै पैसा देखिन् भने त्यो पैसा कहाँबाट आएको, कसले दिएको जस्ता जिज्ञासा राख्न थाल्छन् ।

लगातार बोलिरहने: कतिपय श्रीमतीहरु एकपटक बोल्न थालेपछि लगातार बोलिरहन्छन् । उनीहरुमा त्यति धेरै कुराहरु कहाँबाट आउँछ, श्रीमानहरुले थाहै पाउँदैनन् । साथीको विवाह गएर फर्किएपछि, डाक्टरलाई जचाएर आएपछि, छिमेकीको घरमा नयाँ वासिङ मेसिन अथवा अन्य कुनै विद्युतीय उपकरण आयो भने अथवा विषय जे भए पनि उनीहरु त्यसको ननस्टप कमेन्ट्री नै गर्न थाल्छन् । एक-एक मिनेटको अपडेट बिस्तारपूर्वक बताउँछन् । जबकी उनीहरुकै श्रीमान ती कुराहरु छोटकरीमा सुन्न चाहन्छन् ।

शंका: केही श्रीमतीहरु रहेक समय श्रीमानलाई विभिन्न प्रकारका आरोपहरु लगाइरहन्छन् । मानौं, उनीहरुले आफ्नो श्रीमानको हरेक गतिविधि अथवा बानीमा आपत्ति छ । जस्तैः आज यो डे्रस किन लगाएको ? आज किन चाँडै अफिस जान लागेको ? आज किन ढिला घर आएको ? यति धेरै फोनहरु किन गरिरहेको ? २-२ वटा मोबाइल फोन किन राखेको ? आदि जिज्ञासाहरुको लिस्ट निकै लामो हुने गर्छ । यस्ता प्रश्नहरु सोधेकोसोधै गरेर श्रीमतीहरुले श्रीमानहरुलाई सताइरहेका हुन्छन् । यो बानी पनि श्रीमानहरुलाई खासै मन पर्दैन ।

सपिङको लत: सपिङ गर्नु श्रीमतीहरुको ठूलो कमजोरी हो । कैयौ पटक त उनीहरु टाइमपास अथवा मन बहलाउन समेत सपिङ गरिदिन्छन् । उनीहरुको सपिङ निकै बोरिङ हुन्छ । एक-एक चिजहरुलाई ध्यान दिएर हेर्नु र तिनीहरुको मूल्य सोध्नु, कपडाहरुलाई शरीरमै लगाएर हेर्नु, आवश्यकता नभए पनि धेरैभन्दा धेरै खाने कुराहरु किन्नु, डिस्काउन्टको लोभमा धेरैभन्दा धेरै सामानहरु किन्नु र प्रयोग नै नगरी फ्याँकिदिनु वास्तवमै इरिटेटिङ बानी हो । श्रीमानहरुलाई श्रीमतीहरुको यो बानी त झन् पटक्कै मनपर्दैन ।

अरुको प्रशंसा : प्रायः श्रीमतीहरु आफ्नो श्रीमानको मुखबाट अन्य महिलाको प्रशंसा सुन्न चाहँदैनन् । श्रीमान् अन्य कुनै महिलाको प्रशंसा गरेमा श्रीमतीको मनमा इर्ष्या उत्पन्न हुन थाल्छ । मनमा शंकाको बढ्छ । आफ्नो श्रीमान् ती महिलाप्रति आकर्षि भएको त होइन, भनेर सोच्न थाल्छन् । केही महिलाहरु त भावुक भएर श्रीमानलाई व्यंग्य गर्दै ठुस्स परिदिन्छन् । कतिपय महिलाहरु त ‘तपाईंलाई मेरो कुनै कुरा मन पर्दैन’ भन्न पनि पछि पर्दैनन् । कतिले त ठट्टै ठट्टामा आफ्नो श्रीमानलाई ‘त्यही महिलाकहाँ जानू न’ समेत भनिदिन्छन् । श्रीमानलाई श्रीमतीको यस्तो बानी पटक्कै मन पर्दैन ।

यौन सम्बन्धलाई हतियार बनाउनु: यौन सम्बन्ध श्रीमान् तथा श्रीमतीको नैसर्गिक आवश्यकताको कुरा हो । तर श्रीमतीहरु कहिलेकाहीँ प्राकृतिक आवश्यकताको यो कुरालाई आफ्नो हतियार बनाउने गर्छन् । उनीहरु श्रीमानसँग कुनै कुरामा मनमुटाव भयो भने अथवा कुनै कुराको लागि दबाव दिनुपर्‍यो भने सबैभन्दा पहिलो काम श्रीमानलाई यौन सम्बन्धबाट वन्चित गर्छन् । एउटै ओछ्यानमा सुते पनि उनी श्रीमानको विपरित दिशातिर मुख फर्काएर सुत्छन् । श्रीमानलाई श्रीमतीको यो कुरा पनि मन पर्दैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई