सचिन्द्र श्रेष्ठ | अहिले नेपालमा जहा तहि एटीएमको प्रयोग बढ्दै गईरहेको छ । प्राय बैंक, बित्तीय संस्थामा हुने लामो लाइन होस् या पैसा एक अर्को स्थानबाट आदानप्रदान ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सचिन्द्र श्रेष्ठ | अहिले नेपालमा जहा तहि एटीएमको प्रयोग बढ्दै गईरहेको छ । प्राय बैंक, बित्तीय संस्थामा हुने लामो लाइन होस् या पैसा एक अर्को स्थानबाट आदानप्रदान ग"/>
२० चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एटीएम काण्ड: कमजोरी या लापरबाही !

१६ भाद्र २०७६, सोमबार ०४:२०

सचिन्द्र श्रेष्ठ | अहिले नेपालमा जहा तहि एटीएमको प्रयोग बढ्दै गईरहेको छ । प्राय बैंक, बित्तीय संस्थामा हुने लामो लाइन होस् या पैसा एक अर्को स्थानबाट आदानप्रदान गर्न छिटो सहज हुने र जुन सुकै अवस्थामा जुन बेला पनि निकळ्न मिल्ने भएका कारण यसको प्रयोग अहिले हवात्तै बढेको हो । यसले गर्दा आम मानिसहरूको समय बचत भएको त छदै छ यसको जोखिम र लापरबाही पनि उत्तिकै बढेको छ । 

सन् १९६७ जुनमा जोन शेफर्ड बार्रोंनले एटीएमको आबिश्कार गरे सँगै संसार भर सानो या ठुलो देश जहाँ तहि फैलिएको छ । बास्तबमा एटीएम (अटोमेटेड टेलर मेशीन) भनेर भनिन्छ । अहिले आएर एटीएमको सहजता सँगै यसले पारेको प्रभावमा समेत थप जोखिम भएका कारण यसको निराकरण तर्फ राज्य एबं बैंकिंङ सस्थाहरु लाग्नु पर्दछ ।

पटक पटक हुने एटीएमको दुरूपयोग, हैकरले ह्यकिंग गरी एकबाट अर्को बैंक खातामा गर्ने ट्रांजेक्शन अहिले देश बिदेशका बैंकिंङ सेक्टरलाई थप चुनौती खडा गरेको छ । जसका कारण मानिसले बैंक प्रति बिस्वास क्रमशः गुमाउदै आएको छ किनकी आफुले जम्मा गरेर बचत गरेको रकम अन्यले लुट्ने या चोरेर लैजान सक्ने समस्या भएको हुदा मानिस बैंकको भर पर्न छोड़ी सकेको छ । यसको पछिल्लो उदाहरण बिदाको अवसर पारी एनआईसी एशिया, जनता बैंक, प्रभु, ग्लोबल आईएमई, सनराइज बैंक जस्ता बैंकबाट चोरी गरी रहेको अवस्थामा ५ जना चिनिया नागरिक पक्राउ परेसँगै आम बैंक, बित्तीय संस्थाप्रति औला ठंडाउने र प्रश्न गर्नेको ताती देख्न सकिन्छ ।

एटीएमबाट चोरी हुने वा अन्य बैंक खातामा ट्रान्सफर गर्ने घटना यो मात्र नौलो र पहिलो पक्कै होइन । बि. स.२०७३ साल कार्तिक जहाँ तिहार बिदाको अवसर पारेर हिमालय बैंकको एटीएम बूथबाट रोमानिया नागरिकलाई चोरी गरेकोमा पक्राउ गरियो । यस्तै गरी स्विफ्ट ह्यकिंग गरी एनआईसी एशिया बैंकबाट पनि चोरी भयो ।

सन् २०१६ मा सेन्टर बैंक अफ़ बंगलादेशमा स्विफ्ट ह्यकिंग गरी बैंकको सुरक्षा प्रणालीमा छिरेर १० करोड़ अमेरिकी डलर चोरी गर्यो । प्राय ह्याकर संसार मा १०० वटा बैंक तथा बित्तीय सस्थामा स्विफ्ट ह्यकिंग द्रुत रकम प्रबाह सेवा लिई चोरी गर्ने चलन बढ़ी भएको र बिश्व भर बैंकिंङ प्रणालीमा रकम भुक्तानि सुबिधा दिने स्विफ्ट बिस्वसिलो सस्था पनि हो । सन् १९७० बाट बिश्वभर स्विफ्ट कार्ड (सोसाइटी फर वर्ल्डवाइड इंटरबैंक फाइनानसियल टेलिकम्युनिकेशन) प्रयोग गर्न थालिएको हो ।

उत्तर कोरियाली ह्याकर समुह लजारस ग्रुपले २०७४ मा नेपालको एक बाणिज्य बैंकको साढे ४६ करोड भन्दा बढी रुपैया चोरी गरेको थियो।बैंकको स्विफ्ट कार्ड ह्याक गरी चोरी भएको रकम भने ४ करोड़ रकम बराबर मात्र ह्याकरले लिन सफल भएको थियो । यसले गर्दा हरेक नेपालीको मनमा एक पटक पुनःढ़्याङग्रो ठटाउन बाध्य बनायो।आखिर बिस्वास गर्ने के को बैंक की राज्य जो दुबैबाट असुरक्षित छ । 

ह्याकरबाट हुने समस्यालाई समाधान गर्न राष्ट्र बैंकले साइबर सेक्युरिटी अडिट अनिबार्य गरेको पनि छ तर अहिलेको यस्तो घटनाले गर्दा बैंकको लापरबाही हो या राज्य को कमजोरीले यस्ता घटना घटेका छन यो सोचनीय बिषय रहेको छ आम मानिसमा ! 

अन्त्यमा चोरी गर्नेलाई पक्रेर वा केहि धरौटी लिई छोड़ी दिने जुन परम्परा छ, त्यसको सदा अन्त्य गर्ने हो । चोरी हुन नदिन के गर्न सकिन्छ र आम मानिसहरुको रकम सुरक्षित कसरी हुन्छ त्यसलाई सोचेर एटीएम मार्फ़त हुने चोरी ठगीमा हामी पनि यसको प्रयोग कसरी गरेका छौ र यस बाट हामीले कस्तो खालको लाभ लिन सकिने हो यसको सदुपयोग गर्ने की नगर्ने, जहाँ अहिले साइबर अपराधको शिकार बन्न हामी आफै लालयित त छैनौ यस तर्फ ध्यान दिएर बैंक र राज्यले पनि आगामी दिनमा यस्ता खालका अपराध बाट टाढा रहन के कस्तो खालको आधुनिक उपकरण, टेक्नोलोजी, आई टी बिशेषज्ञको आवस्यक छ त्यस तर्फ सोचेर कदम चालनु पर्ने देखिन्छ। अस्तु :

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीनकुने घटनाबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने सांसदहरूको माग नेपाल र थाइल्यान्डबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर हेटौंडामा युवकको हत्या आरोपमा ७ जना पक्राउ भारतीय ग्याङस्टर ‘लरेन्स बिस्नोइ हुँ’ भन्दै फिरौती माग्ने बाँकेमा पक्राउ कुलमान र हितेन्द्रको मुद्दामा सुनुवाइ आज पनि काठमाडौं आज पनि विश्वकै सर्वाधिक प्रदूषित सहरको शीर्ष स्थानमा सुरेश रजकको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख दिने मीनबहादुरको घोषणा लुटपाटका क्रममा साहसिक प्रदर्शन गर्ने सुरक्षा गार्ड पाँच लाख नगद र पाँच ग्रेड बढुवासहित पुरस्कृत  लगातार रेकर्ड कायम गरेको सुनको भाउ घट्यो शुन्य लागतमा मात्र कामदार पठाउने म्यानपावरहरु खारेजीको संघारमा बिचौलियामैत्री श्रममन्त्रीको धार: विदेसिने कामदार माथि थोपरिदै भार ! नेपाली खानाको प्रदर्शनी तथा व्यापार मेला हुँदै, उत्कृष्ट भान्छेलाई एक लाख पुरस्कार तीनकुनेको प्रदर्शनमा घाइते भएका १७ जनाको उपचार हुँदै, गोली लागेका ३ जना सांसद बोहराको निधनमा सिद्धार्थनगरले शोक बिदा दिने पत्रकार सुरेश रजकको शव एक्सरे गरेपछि मात्र पोष्टमार्टम गर्ने चिकित्सकको अडान यी हुन् देउवासहित प्रतिनिधि सभामा धेरै गयल हुने सात सांसदहरू कुलमान र हितेन्द्रदेवको रिटमा आएन आदेश, हेर्दाहेर्दैमा राखियो तीनकुने घटनामा सुरक्षा चुक भएको भन्दै रास्वपा सांसद सोविताले मागिन् गृहमन्त्रीको राजीनामा प्रहरी चौकी र वडा कार्यालयको जग्गा भूमाफियाका नाममा यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु (निर्णयसहित)