२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपनिर्वाचनमा भाग लिन नेकपा, समाजवादी पार्टीलगायत फेरि निर्वाचन आयोगमा दर्ता हुनु पर्ने

२०७६, १६ भाद्र सोमबार ०७:५५

भदौ १६, काठमाडौँ | आउने मंसिर १४ गते हुने उपनिर्वाचनमा भाग लिन नयाँ बनेका पार्टीहरूले निर्वाचन आयोगमा पुन: दल दर्ता गर्नुपर्ने भएको छ | संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता भएका वा दफा १० बमोजिम एकीकरण गरी नयाँ नाम दर्ता भएकाहरूले आयोगमा पुन: दल दर्ता गर्नुपर्ने भएको हो।

प्रतिनिधिसभा, प्रदेश सभा तथा स्थानीय तहका सदस्यको उपनिर्वाचनका लागि राजनीतिक दललाई भदौ मसान्तसम्म निवेदन दिन आयोगले आह्वान गरेको हो। २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, स्थानीय तह निर्वाचनका लागि दर्ता गरिसकेका राजनीतिक दलहरू पुन: दर्ता गर्न नपर्ने आयोगले जनाएको छ। त्यस निर्वाचनपछि दर्ता भएकाहरूले भने निवेदन दिन पर्ने भएको हो।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा, समाजवादी पार्टी नेपाल, विवेकशील पार्टी र साझा विवेकशील पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका राजनीतिक दलहरुले पुन दर्ता गर्न पर्ने भएका हुन्। नेकपाले यसअघि पार्टी एकीकरण गरे पनि छुट्टै नाम तथा चिन्ह प्रयोग गरी निर्वाचनमा भाग लिएको हुँदा अहिले दर्ता गर्न परेको हो। त्यस्तै नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच पार्टी एकीकरण भई समाजवादी पार्टी नाम रहेकोले पुन: दर्ता गराउन परेको हो।

‘दल दर्ताका लागि भदौ मसान्तसम्मको समय दिइएको छ,’ आयोग प्रवक्ता शंकरप्रसाद खरेलले भने। नयाँ चुनाव चिन्ह राख्न चाहने दलहरूले पनि तीन वटा निर्वाचन चिन्ह उल्लेख गरी बुझाउन आह्वान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो