२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्रोहीको कारागारमा साउदी सेनाको भीषण आक्रमण, सय जनाको मृत्यु

१६ भाद्र २०७६, सोमबार ०८:२४

भदौ १६, एजेन्सी | साउदी अरब नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा परी यमनमा पछिल्लो समयमा १०० जना मारिएको रेडक्रसको अन्तर्राष्ट्रिय समितिले आइतबार जनाएको छ । हुथी विद्रोहीहरुले ड्रोन र मिसाईलहरु संकलन गरे राखेको सूचनाका आधारमा गठबन्धन सेनाले उक्त स्थानमा आक्रमण गरेको थियो । 

हुथी विद्रोहीका अनुसार विद्रोहीहरुले कारागारको रुपमा उपयोग गर्दै आइरहेको भवनमा आक्रमण भएको हो । संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले घटनामा परी कम्तीमा ५२ जना मारिएको शव नै भेटिएको र अरु ६८ जना हराइरहेको जनाएका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय समितिले दामरस क्षेत्रमा औषधि तथा अन्य सहयोग सामग्रीसहितको टोली पठाइएको बताएको छ । ‘अहिले आक्रमण भएको क्षेत्रमा आइसिआरसीको टोलीले यसअघि नै स्थलगत अध्ययन भ्रमण गरिसकेको थियो,’ यमनका लागि आइसिआरसीले खटाएको टोलीका प्रमुख फ्रान्ज रौचेन्स्तैनले धमारबाट एएफपीसँग भने ।

उनले भने, ‘कारागारमा आक्रमण हुनु यसको सबैभन्दा नराम्रो पक्ष हो, यसका लागि अन्तर्राष्ट्रिय कानुन आकर्षित हुन्छ ।’ रौचेन्स्तैनले एक सय भन्दा बढीको मृत्यु भएको अनुमान गरिएको जानकारी दिए । उनका अनुसार अरु ४० जनालाई घाइते अवस्थामा अस्पतालमा उपचार गराइएको छ । घटनास्थलबाट आइसिआरसीको टोलीले शवहरु सङ्कलन गरेको थियो  |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य