२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्वरुप फेर्दै तुलसीपुर बजार

२०७६, १७ भाद्र मंगलवार ०३:०५

भदौ १७, दाङ | तुलसीपुर बजार अव्यवस्थित थियो, जनप्रतिनिधिले ल्याएको स्मार्टसिटीको नारालाई त्यही अव्यवस्थित बजारले गिज्याइरहेको थियो । आम मतदाताले अव्यवस्थित बजारलाई टेकेर स्मार्टसिटीको नारालाई व्यङ्ग्य गरिरहेका थिए । अहिले सो बजारमा सडक मिचेर बनाइएका भार्याङ, होर्डिङबोर्ड, पर्खाल, सडकबीचमा राखेर गरिएका फुटपाथ, ठेला हटाइयो, त्यसपछि भने बजारको मुहार नै परिवर्तन भएको छ । 

बजारमा पहिलेजस्तो जहाँ पायो त्यही होर्डिङ बोर्ड छैनन्, सडक मिचेर बनाइएका पर्खाल, भार्याङ, बरन्डा छैनन् । जसले गर्दा बजार सुन्दर देखिन्छ । पैदलयात्रीलाई पनि आवतजावतमा सहज भएको छ, भने गाडी आवतजावतमा पनि सहज भएको छ । यही अभियानले गर्दा आम तुलसीपुरवासीले पनि स्मार्टसिटीको आधार तयार भएको भन्दै प्रशांसा गर्ने गरेका छन् । यो कार्यप्रति आम तुलसीपुरवासीले सहयोग गर्ने गरेका छन् । “पहिले बजार कुरुप थियो, अव्यवस्थित थियो”, तुलसीपुर–६ निवासी टोपबहादुर महतारले भन्नुभयो, “तर अहिले बजार सुन्दर भएको छ ।”

तुलसीपुर उपमहानगरपालिकाले सम्बन्धित घरधनी तथा व्यवसायीले अटेर गरेपछि सडक मिचेर बनाइएका भर्याङ, बरण्डा, होेर्डिङबोर्ड आफैँले डोजर लगाएर हटाउन थालेको हो । सडक मिचिएका संरचना हटाएपछि बजार सुन्दर बन्दै गएको वडा नं ५ निवासी उमा राजभण्डारीले बताउनुभयो । यो अभियानलाई निरन्तरता दिने हो भने यस क्षेत्रका जनप्रतिनिधिले कल्पना गरेअनुसारका स्मार्टसिटी बन्ने तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बिरु रावतले बताउनुभयो । 

“यो सकारात्मक अभियानलाई निरन्तरता दिन सक्नुपर्छ”, उहाँले भन्नुभयो, “बजारको मुहार बदलिन्छ ।” उहाँले व्यवसायी तथा घरधनीलाई जानकारी गराएर मिचिएका सडकका संरचना हटाएपछि बजारको सुन्दरता नै बढेको बताउनुभयो । यस्तै अभियानले तुलसीपुरलाई समृद्ध बनाउन मद्दत पुग्ने बताउनुभयो । सो बजार व्यवस्थित बनाउन कार्यविधि बनाएर अगाडि बढेको नगर प्रमुख घनश्याम पाण्डेको भनाइ छ । उहाँले बजारलाई व्यवस्थित र स्वच्छ बनाउन यो अभियानले मद्दत पुर्याएको बताउनुभयो । यो अभियानले बजार सुन्दर हुनुका साथै विभिन्न घटना, दुर्घटना पनि न्यूनीकरण हुने उहाँको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ