2026-07-24 08:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ट्रेकिङ एजेन्सिस एशोसिएशन अफ नेपाल (टान) मा चुनावी रौनक, कुन समुहका के छन् योजना ?

मनोज पराजुली  भदौ १७, काठमाडौं। ट्रेकिङ एजेन्सिस एशोसिएसन अफ नेपाल (टान) को नयाँ नेतृत्व छनौटका लागि तीव्र प्रतिष्पर्धा हुने देखिएको छ । भाद्र २० गते काठमाडौंमा हुने टानको निर्वाचनमा दुई समुह विच प्रतिष्पर्धा हुन लागेको हो ।

निर्वाचनका लागि सत्तारुढ नेकपाको समर्थन रहेका अञ्जन थापा र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस निकट रहेका खुमबहादुर सुवेदी समूहले प्यानल नै बनाएर उम्मेदवारी घोषणा गरिसकेका छन् । आगामी २ वर्षे कार्यकालका लागि सहमतिमा नेतृत्व चयन हुन नसकेपछि निर्वाचन हुन लागेको हो । 

थापासमूहको तर्फबाट वरिष्ठ उपाध्यक्षमा ऋषिप्रसाद नेपाल, प्रथम उपाध्यक्षमा प्रकाशचन्द्र देवकोटा, द्वितीय उपाध्यक्षमा तेञ्जिङ शेर्पा, सचिवमा दामोदर ढकाल, कोषाध्यक्षमा टेकबहादुर खकुराल र सह–कोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ प्रत्यासी छन् । सदस्यमा डिमादिकी शेर्पा, सुनील सिलवाल, कृष्णगोपाल श्रेष्ठ, प्रेमबहादुर लामा, रघुनाथ पौडेल, रामबहादुर गुरुङ, श्रीराम अधिकारी, मिङमा शेर्पा र ठाकुर सापकोटाले उमेदवारी घोषणा गरेका छन् ।

Image may contain: 12 people, people standing

यस्तै खुमबहादुर सुवेदी समूहबाट टानको वरिष्ठ उपाध्यक्षमा नवीन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, महासचिवमा कर्मा शेर्पा, सचिवमा प्रदीप घिमिरे, कोषाध्यक्षमा रितु ग्याम्दान र सह–कोषाध्यक्षमा प्रदीप पण्डित प्रत्यासी रहेका छन् । खोमराज अधिकारी, सिम्बिर घले, सोनाम ग्याल्जेन शेर्पा, कान्छा शेर्पा, केशवप्रसाद दाहाल, सनम शेर्पा, रविन्द्र महर्जन, तेन्जिङ शेर्पा र बुद्धकुमारी अधिकारीले सदस्यका लागि उमेदवारी घोषणा गरेका छन् । 

Image may contain: 17 people, people smiling, people standing

टानको ४१ औं साधारण सभाको अवसरमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरुसहित १७ पदका लागि निर्वाचन हुनेछ। 

दुई समुह अहिले आ आफ्नो टीमलाई जिताउन विभिन्न क्षेत्रगत, जिल्लागत र समुहगत रुपमा भेलाका साथै घरदैलोको रुपमा व्यवसायीका घर/कार्यालयमा धाइरहेका छन् । दुवै समूहले आ–आफ्नो समूहको विजयी हुने दावी गरेका छन् तर निर्वाचनमा जित्ने आधार चाहिं के के छन् त हामीले थापा र सुवेदीलाई सोधेका छौं।

जनमत राम्रो रहेको छ : अन्जन थापा 

टानको कार्यसमितिमा कोषाध्यक्षको रुपमा २०११/१२ मा काम गरीसकेका अन्जन थापा व्यवासायीकै सपोर्ट कै कारण नेतृत्वको लागि चुनावी मैदानमा आएको बताउंछन् । आफ्नो समुहको योजना सुनाउंदै ऊनी भन्छन् ‘पर्यटकले अनिवार्य गाइड लैजानुपर्ने, व्यवसायिक कल्याणकारी फण्ड बनाउने योजनाका साथ निर्वाचनमा होमिएका छौं ।’ १६ बुंदे घोषणापत्र नै सार्वजनिक गरेर चुनावी मैदानमा रहेका थापाले ट्रेकिङ एजेन्सीको बैंक ग्यारेन्टी रकम २५ लाख पुर्याउने कुरा आएको भन्दै त्यसलाई रोक्न पहल गर्ने योजना रहेको बताए । 

उनले नेपाल पर्यटन वोर्ड र टानको संयुक्त फण्डमा १५/१६ करोड रकम फ्रिज भएको भन्दै त्यसलाई व्यवस्थित गर्दै टान हस्पिटल खोलेर व्यवसायी, कामदार र पर्यटकलाई नि:शुल्क उपचार गर्ने व्यवस्था मिलाउने योजना रहेको बताए। टानमा गतिशील समयानुकुल नेतृत्व हुनुपर्ने भन्दै उनले अहिलेको टिमलाई जिताएमा नीतिगत सुधार गर्न सकिने दावी गरे ।

जित्ने आधार के छन् त ? उनी भन्छन् ‘विगत लामो समयदेखि काम गरेको व्यवसायी टीम छौं, जातीय तथा भौगोलिक समेटिने खालको टीम बनाइएकोले जनमत राम्रो रहेको छ।’  आम व्यवसायीले पत्याउने योजना नै समेटेर चुनावी मैदानमा आएकोले टिमलाई जिताउन व्यवसायीसंग उनले अपिल गरे । समयानुकुल गतिशिल नेतृत्व हुनुपर्ने आफ्नो माग रहेको भन्दै त्यसतर्फ व्यवसायीले पनि सोचिदिने अपेक्षा रहेको उनले सुनाए ।

प्रतिष्पर्धि उम्मेदवारको तुलनामा ७० प्रतिशत अगाडी छु: खुमबहादुर सुवेदी

पर्यटन क्षेत्रमा अप्रत्यसित रुपमा लगाइएको करको व्यवस्थापन गर्दै साना तथा मझ्यौला पर्यटन व्यवसायीको बिकास तथा प्रबर्धन गर्ने मुख्य यूजना रहेको अध्यक्षका प्रत्यासी खुमबहादुर सुवेदी बताउँछन् । कर/भ्याटको समाधान र सरलीकरण गर्ने, पदयात्रामा जाने पर्यटकसंग नेपाली श्रमिकको अनिवार्यता लागू गराउने योजना रहेको खुमबहादुर सुवेदी बताऊँछन् । 

नेपालमा एडभेन्चर ट्राभल मार्ट शुरु गर्ने साथै नेपाल पर्यटन वोर्ड र टान विच टिम्सको समस्या समाधान गर्ने मूल एजेन्डा भएको उनले बताए । नेपालका ट्रेकिङ गन्तव्यहरुको विश्व बजारमा प्रचार प्रसार गर्ने आफ्नो टिमको प्रमुख एजेन्डा रहेको उनको भनाइ छ। 

यी एजेन्डाका साथ निर्वाचन जित्ने अन्य आधार के के छन् प्रश्नमा उनी भन्छन् ‘प्रतिष्पर्धि उम्मेदवारको तुलनामा ७० प्रतिशत अगाडी रहेको छु भन्ने लाग्छ, मेरो व्यक्तित्व साथै व्यवसायीसंगको निकटताले पनि मलाई व्यवसायीको साथ छ ।’

शुद्ध ट्रेकिङ व्यवसायी भएको साथै २६ वर्ष माउन्टेन पर्यटनमा पेशामा भएकोले पनि निर्वाचनमा जित्ने आधार भएको ऊनी दावी गर्दछन् । निर्वाचनमा कसलाई मत दिने अन्योलको अवस्था नरहेको भन्दै उनले उम्मेदवार वायोग्राफी हेरेर मात्र मतदान गर्न व्यवसायीलाई आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक