२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसारकै सबैभन्दा खतरनाक देश पाकिस्तान रहेको अमेरिकी पूर्व रक्षामन्त्रीको दाबि

१८ भाद्र २०७६, बुधबार ०९:११

भदौ १८, एजेन्सी | अमेरिकी पूर्व रक्षामन्त्री जेम्स म्याटिसले पाकिस्तानलाई विश्वकै सबैभन्दा खतरनाक देश भएको टिप्पणी गरेका छन् ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मन्त्रिपरिषद्को सदस्य रहिसकेका र आफ्नो दशकौंसम्म लामो सैन्य कार्यकाल बिताएका उनले पाकिस्तानको कडा आलोचना गरेका हुन् ।

म्याटिसले गत जनवरीमा ट्रम्प प्रशासन छाडेका थिए । उनले पाकिस्तानले भारतसँग सनक देखाएको टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘भूराजनीतिक दृष्टिले उसको भारतप्रति विद्वेष हो ।’ उनका अनुसार पाकिस्तानले अफगानिस्तान नीति पनि तय गरेको छ । भारतको प्रभाव कम गर्न पाकिस्तानी सेना काबुलमा आफूले चाहेको सरकार ल्याउन चाहने उनको भनाई छ ।  

म्याटिससँग पाकिस्तान र दक्षिण एसियामा लामो अनुभव छ । उनीसँग अफगानिस्तानमा सबैभन्दा पहिला अमेरिकी समुद्री सैन्य दलको उच्च नेतृत्व गरेको, अमेरिकी केन्द्रीय कमाण्डका प्रमुख र त्यसपछि रक्षामन्त्रीका रुपमा काम गरेको अनुभव छ । 

‘मैले सबै देशसँग काम गरेको छु, मलाई लाग्छ पाकिस्तान सबैभन्दा खतरनाक छ, किनकि उसको समाज उग्रवादी छ र उसँग आणविक हतियार पनि छ,’ म्याटिसले भने ।  मंगलबार बजारमा आफ्नो आत्मवृत्तान्त ‘कल साइन चाओज’ मा म्याटिसले लेखेका छन्, ‘अत्यधिक रुपमा आतंकवादी जन्माइरहने द्रूगगतिमा विस्तार भइरहेको आणविक हतियारयुक्त देशले अत्यन्त भयानक नतिजा ल्याउनेछ ।’

‘पाकिस्तानसँग विश्वकै द्रूत गतिमा विस्तार भइरहेको आणविक हतियारखाना छ । त्यसको पाकिस्तानी नेताहरु र प्रधानमन्त्री इमरान खानको मन्त्रिपरिषद् सदस्यले अहंकार देखाइरहेका छन्,’ उनले भनेका छन् । 

यसै विषयमा लामो समयदेखि संयुक्तराज्य अमेरिकाको चासो रहेको उल्लेख गर्दै म्याटिसले लेखेका छन्, ‘अत्यधिक रुपमा आतंकवादी जन्माइरहने द्रूगगतिमा विस्तार भइरहेको अणु अतियारयुक्त स्थल हामीबीचमा रहन सक्दैन ।’

उनले वर्तमान इमरान खानको सरकारमाथि अप्रत्यक्षरुपमा टिप्पणी गर्दै पाकिस्तानी नेताहरुलाई गाली गरेका छन् । उनले भनेका छन्,‘उनीहरुसँग हाम्रो भविष्यप्रति ख्याल गर्ने नेता छैनन् ।’ म्याटिसले अमेरिका–पाकिस्तान सम्बन्धसँगै असरबारे निरन्तर उल्लेख गरेका छन् । उलने लेखेका छन्, ‘हामीले पाकिस्तानसँगको समस्या व्यवस्थित गर्नुपर्छ तर हाम्रो विभाजनहरु गहिरिएका छन्, र समाधानका लागि विश्वासलाई पनि निलिएको छ ।’ 

अमेरिकी सेनाले सन् २०११ मा मे महिनामा आक्रमण गरेर ओसामा बिन लादेन मारेको जानकारी तत्कालीन राष्ट्रपति बाराक ओबामाले पाकिस्तानलाई दिएका थिएनन् । नौसैनिक जनरल मत्तिस त्यसपछि अमेरिकाको केन्द्रीय कमान्डको नेतृत्वमा गए र उनले अमेरिकी सैन्यको पाकिस्तान र अफगानिस्तान लडाईको जिम्मेवारी लिएका थिए ।

‘त्यो हाम्रो सम्बन्धको अवस्था थियो,’ मत्तिसले वर्तमान खान सरकारले तालिवानलाई  फकाएर अमेरिकासँगको सम्बन्ध पुनःस्थापित गर्नु स्वभाविक भएको आशय व्यक्त छन् । इतिहासकै सबैभन्दा लामो अफगानिस्तान युद्ध अन्त्य गर्न पाकिस्तानले ट्रम्पसँग शान्तिवार्ता गर्न चाहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य