२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसारकै सबैभन्दा खतरनाक देश पाकिस्तान रहेको अमेरिकी पूर्व रक्षामन्त्रीको दाबि

२०७६, १८ भाद्र बुधबार ०९:११

भदौ १८, एजेन्सी | अमेरिकी पूर्व रक्षामन्त्री जेम्स म्याटिसले पाकिस्तानलाई विश्वकै सबैभन्दा खतरनाक देश भएको टिप्पणी गरेका छन् ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मन्त्रिपरिषद्को सदस्य रहिसकेका र आफ्नो दशकौंसम्म लामो सैन्य कार्यकाल बिताएका उनले पाकिस्तानको कडा आलोचना गरेका हुन् ।

म्याटिसले गत जनवरीमा ट्रम्प प्रशासन छाडेका थिए । उनले पाकिस्तानले भारतसँग सनक देखाएको टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘भूराजनीतिक दृष्टिले उसको भारतप्रति विद्वेष हो ।’ उनका अनुसार पाकिस्तानले अफगानिस्तान नीति पनि तय गरेको छ । भारतको प्रभाव कम गर्न पाकिस्तानी सेना काबुलमा आफूले चाहेको सरकार ल्याउन चाहने उनको भनाई छ ।  

म्याटिससँग पाकिस्तान र दक्षिण एसियामा लामो अनुभव छ । उनीसँग अफगानिस्तानमा सबैभन्दा पहिला अमेरिकी समुद्री सैन्य दलको उच्च नेतृत्व गरेको, अमेरिकी केन्द्रीय कमाण्डका प्रमुख र त्यसपछि रक्षामन्त्रीका रुपमा काम गरेको अनुभव छ । 

‘मैले सबै देशसँग काम गरेको छु, मलाई लाग्छ पाकिस्तान सबैभन्दा खतरनाक छ, किनकि उसको समाज उग्रवादी छ र उसँग आणविक हतियार पनि छ,’ म्याटिसले भने ।  मंगलबार बजारमा आफ्नो आत्मवृत्तान्त ‘कल साइन चाओज’ मा म्याटिसले लेखेका छन्, ‘अत्यधिक रुपमा आतंकवादी जन्माइरहने द्रूगगतिमा विस्तार भइरहेको आणविक हतियारयुक्त देशले अत्यन्त भयानक नतिजा ल्याउनेछ ।’

‘पाकिस्तानसँग विश्वकै द्रूत गतिमा विस्तार भइरहेको आणविक हतियारखाना छ । त्यसको पाकिस्तानी नेताहरु र प्रधानमन्त्री इमरान खानको मन्त्रिपरिषद् सदस्यले अहंकार देखाइरहेका छन्,’ उनले भनेका छन् । 

यसै विषयमा लामो समयदेखि संयुक्तराज्य अमेरिकाको चासो रहेको उल्लेख गर्दै म्याटिसले लेखेका छन्, ‘अत्यधिक रुपमा आतंकवादी जन्माइरहने द्रूगगतिमा विस्तार भइरहेको अणु अतियारयुक्त स्थल हामीबीचमा रहन सक्दैन ।’

उनले वर्तमान इमरान खानको सरकारमाथि अप्रत्यक्षरुपमा टिप्पणी गर्दै पाकिस्तानी नेताहरुलाई गाली गरेका छन् । उनले भनेका छन्,‘उनीहरुसँग हाम्रो भविष्यप्रति ख्याल गर्ने नेता छैनन् ।’ म्याटिसले अमेरिका–पाकिस्तान सम्बन्धसँगै असरबारे निरन्तर उल्लेख गरेका छन् । उलने लेखेका छन्, ‘हामीले पाकिस्तानसँगको समस्या व्यवस्थित गर्नुपर्छ तर हाम्रो विभाजनहरु गहिरिएका छन्, र समाधानका लागि विश्वासलाई पनि निलिएको छ ।’ 

अमेरिकी सेनाले सन् २०११ मा मे महिनामा आक्रमण गरेर ओसामा बिन लादेन मारेको जानकारी तत्कालीन राष्ट्रपति बाराक ओबामाले पाकिस्तानलाई दिएका थिएनन् । नौसैनिक जनरल मत्तिस त्यसपछि अमेरिकाको केन्द्रीय कमान्डको नेतृत्वमा गए र उनले अमेरिकी सैन्यको पाकिस्तान र अफगानिस्तान लडाईको जिम्मेवारी लिएका थिए ।

‘त्यो हाम्रो सम्बन्धको अवस्था थियो,’ मत्तिसले वर्तमान खान सरकारले तालिवानलाई  फकाएर अमेरिकासँगको सम्बन्ध पुनःस्थापित गर्नु स्वभाविक भएको आशय व्यक्त छन् । इतिहासकै सबैभन्दा लामो अफगानिस्तान युद्ध अन्त्य गर्न पाकिस्तानले ट्रम्पसँग शान्तिवार्ता गर्न चाहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ