Skip to content
Friday, July 17, 2026 Nepali Online Media

तपाईँले अरुको नामको सिमकार्ड प्रयोग गर्नुभएको छ ? अब अरुको सिम चलाउन नपाइने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ १९, काठमाडौँ | अब अरुका नाममा भएको सीमकार्ड प्रयोग गर्न नमिल्ने भएको छ । जसले प्रयोग गरिरहेको हो, उसैका नाममा सिमकार्ड दर्ता गर्न बाध्यकारी व्यवस्था गर्ने नेपाल दूसञ्चार प्राधिकरणको तयारी छ ।

प्राधिकरण अध्यक्ष पुरुषोतम् खनालले जारी भएका सबै सीम सम्बन्धित प्रयोगकर्ताकै नाममा आगामी तीन महिनाभित्र दर्ता गरिसक्ने योजना बनाएको बताए ।

‘केही दिनमै हामी मोबाइल सेवा प्रदायकमार्फत सबै प्रयोगकर्तालाई अरुका नामको सिमकार्ड प्रयोग गरिसकेको भए, आफ्ना नाममा दर्ता गर्न म्यासेजमार्फत खबर गर्छौं,’ उनले भने ।

प्राधिकरणका अध्यक्ष खनालले तोकिएको समयमा पनि आफ्ना नाममा सिम दर्ता नगर्नेलाई के गर्ने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको त्यस विषयमा पछि निर्णय गर्ने उनले बताए ।

- यो समाचार कान्तिपुर दैनिकमा विजय तिमिल्सिनाले लेखेका छन् ।