२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशको दुःख सम्झेर स्वदेशमा आफ्नै व्यवसाय

२०७६, १९ भाद्र बिहीबार ०५:०७

सुरेन्द्र भण्डारी, भदौ १९, सुरुङ्गा । वैदेशिक रोजगारीमा गएका अधिकांश व्यक्तिले स्वदेश फर्किए पछि पशुपालन व्यवसाय गर्ने गरेको पाइएको छ । जिल्लाका अधिकांश ठाउँमा खोलिएका पशु फार्म सञ्चालकमध्ये धेरैजसोले वैदेशिक रोजगारीबाट फर्किए विदेशको दुःख सम्झेर आफ्नै व्यवसाय थालेको  बताएका छन् ।

 अर्जुनधारा नगरपालिका–१० सेतीपानीका दिव्यराज खतिवडा १० वर्षसम्म वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) र मलेशिया बस्नुभयो । विदेशमा बस्दा पनि भनेजस्तो कमाई नभएपछि अहिले उहाँले घरमै कुखुरा फार्म सञ्चालन गर्नुभएको छ । योसँगै उहाँले उन्नतजातका बाख्रा पनि पाल्न थाल्नुभएको छ । रु २० लाख लगानी गरी गत वर्षदेखि उहाँले कुखुरा र बाख्रापालन गर्दै आउनुभएको हो । उहाँको फार्ममा अहिले ९७० कुखुरा छन् । लेयरजातका कुखुरा पाल्नुभएका खतिवडाले अहिले सोही व्यवसायबाट मनग्य आम्दानी गरिरहनुभएको छ । कुखुरासँगै उहाँले २० उन्नतजात (जमुनापारी, बोयर)का बाख्रा पाल्नुभएको छ ।  

कुखुरापालन र बाख्रापालन व्यवसायबाटै खतिवडाले गाउँमा मनग्य आम्दानी गरेपछि अहिले सेतीपानीमा अधिकांशले उन्नतजातका बाख्रा र कुखुरा पाल्न शुरु गरेका छन् । श्रीमती भावनाको  नाममा फार्म सञ्चालन गरी उहाँले व्यवसाय थाल्नु भएको हो । विदेशको भन्दा राम्रो आम्दानी हुन थालेपछि खतिवडा परिवार अहिले फुरुङ्ग छ । “खतिवडा परिवारकै प्रगति देखेर मैले नि व्यवसाय शुरु गरेको छु”, छिमेकी खगेन्द्रप्रसाद खरेलले भन्नुभयो । उहाँले २२ माउ उन्नतजातका बाख्रा पाल्नु भएको छ । “पहिला बाख्रा पाल्न नजानेर रहेछ, गाउँघरका लोकल बाख्रा पालिन्थ्यो, जति हेरचाह गरे पनि खासै फाइदा हुँदैन थियो । अहिले उन्नतजातका थोरै बाख्रा पाले पनि मनग्य आम्दानी भएको छ”, उहाँले भन्नुभयो । 

यस्तै बाह्रदशी गाउँपालिका–५ का दिनेश थापाले विदेशबाट फर्किएर अहिले पशुपालन गरिरहनु भएको छ । उहाँले उन्नतजातका १०० गाई र १०० स्थानीय जातका बाख्रा पाल्नुभएको छ । उहाँको पशु फार्म प्रदेश नं १ कै ठूलो मानिन्छ । उहाँ मात्र होइन, झापा गाउँपालिकाको  शरणामतिका सूर्य भण्डारीले पनि अहिले कुखुरापालन व्यवसाय सञ्चालन गर्नुभएको छ । “दैनिक एक हजार अण्डा उत्पादन हुन्छ”, भण्डारीले भन्नुभयो । उहाँ पनि वैदेशिक रोगजारीको सिलसिलामा पाँच वर्षअघि साउदी अरब पुग्नुुभएको थियो । “भेँडा चराउन लगाएपछि म एक महीनामै घर फर्के”, उहाँले भन्नुभयो । स्वेश फर्किए लगत्तै कुखुरापालन व्यवसाय सञ्चालन गर्नुभएका भण्डारीले अहिले मासिक रु एक लाख घरमै बसेर आम्दानी गरिरहनुभएको छ ।

कृषि र पशुपालनलाई व्यवस्थित गरी पशुधनको उत्पादन बढाउने सरकारको लक्ष्य छ । सरकारले पशुपालक कृषकलाई अनुदान दिन थालेपछि अधिकांश युवा अहिले पशुपालनतर्फ आकर्षित भएका छन् । विदेशबाट फर्किएका युवाले पशुपालन व्यवसाय सञ्चालन गर्दै आएका छन् । विदेशबाट फर्किएर पशुपालन व्यवसाय सञ्चालन गर्ने उहाँहरु प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । उहाँहरु जस्ता धेरैले अहिले विदेशबाट फर्किएर पशुपालन व्यवसायमा हात हाल्नु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना