२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टानको अध्यक्षमा खुमबहादुर विजयी

२१ भाद्र २०७६, शनिबार ०४:३६

भदौ २१, काठमाडौँ | ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को अध्यक्षमा खुमबहादुर सुवेदी विजयी हुनुभएको छ । टानको ४१ औँ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी अञ्जान थापा (कुमार) लाई ८३ मतले पछि पार्दै सुवेदी बिजयी हुनुभएको हो ।

निर्वाचन समितिका अनुसार सुवेदीले ५२१ मत ल्याएर विजयी बन्नुभएको छ भने पराजित थापाले ४३८ मत प्राप्त गर्नुभएको थियो । सुवेदी प्रजातान्त्रिक समूह र थापा वामपन्थी समूहबाट प्यानलसहितको उम्मेदवारी घोषणा गर्नुभएको थियो । थापा समूहकी सरिता लामा महासचिवमा विजयी हुनुभएको छ । प्रतिद्वन्द्वी कर्मा शेर्पालाई उहाँले १३ मतले पराजित गर्नुभएको छ ।

नयाँ कार्य समितिको अन्य पदमा दुवै समूहका मिश्रित प्रतिनिधित्व भएको छ । सुवेदी समूहबाट वरिष्ठ उपाध्यक्षमा नवीन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, सचिवमा थापा समूहका दामोदर ढकाल निर्वाचित हुनुभएको छ ।

त्यस्तै, कोषाध्यक्षमा सुवेदी समूहकी ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । सदस्यमा थापा समूहकी ङिमादिकी शेर्पा निर्वाचित हुनुभएको छ ।

कार्यसमिति सदस्यमा थापा समूहका पाँच जना ठाकुर सापकोटा, प्रेमबहादुर लामा, मिङमातेन्जिङ शेर्पा, रामबहादुर गुरुङ र सुवेदी समूहका सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले तथा सोनाम ग्याल्जेन शेर्पा विजयी भएको टान निर्वाचन समितिद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । एक हजार ३१९ मतदाता रहेको टान निर्वाचनमा जम्मा ९८१ मत खसेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान