२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धादिङमा सडक निर्माणमा जुटेका सुपरभाइजरको हत्या गर्न खोजेको ठहर

२३ भाद्र २०७६, सोमबार १६:४२

 भदौ २३, धादिङ  । सडक निर्माणमा जुटेका सुपरभाइजरलाई हत्या गर्न खोजेको आरोपमा पक्राउ परेका १० जनालाई जिल्ला अदालत धादिङले कसुर ठहर गरेको छ ।

उत्तरी धादिङको नेत्रावती डबजोङ गाउँपालिका–४ कटुञ्जेका २३ वर्षीय सन्तबहादुर तामाङलाई ज्यान मार्न खोजेको आरोप लागेका १० जनालाई कसुर ठहर गर्दै अर्को पेसीमा सजाय निर्धारण गर्ने आदेश भएको जिल्ला अदालतका श्रेस्तेदार नवराज दङ्गालले बताउनुभयो । 

विसं ०७५ जेठ २२ गते तामाङलाई घरबाट अपहरण गरी गङ्गाजमुना गाउँपालिका–१ ताजिम्राङका जङ्गलमा लगेर गोली र खुँडाले प्रहारी गरी फालेका थिए । घटनापछि गाउँलेले उद्धार गरि उपचारका लागि उहाँलाई स्थानीय स्वास्थ्यचौकीमा पु¥याएका थिए । त्यहाँ उपचार हुन नसकेपछि उहाँलाई हेलिकप्टरबाट काठमाडौँको शिक्षण अस्पतालमा लगिएको थियो । 

ज्यानमार्ने उद्योगअन्तर्गत जिल्ला अदालत धादिङमा विसं २०७५ भदौ ११ गते उनीहरु विरुद्ध मुद्दा दर्ता भएको थियो । सो मुद्दामा आरोपित कसुरदार ठहरिएपछि असोजको पहिलो साता जिल्ला अदालतले कसुर अनुसार उनीहरुलाई कैद तथा जरिवाना निर्धाण गर्ने अदालतको आजको आदेशमा उल्लेख छ ।

सो घटनामा खनीयबास गाउँपालिका–४ निवासी २५ मनोजकुमार गुरुङ, २३ वर्षीय छिरिङ तामाङ, २५ वर्षीय श्याम तामाङ, २६ वर्षीय दलबहादुर तामाङ, २६ वर्षीय बसन्त गुरुङ, २६ वर्षीय रेमन तामाङ, २५ वर्षीय दमजे तामाङ, २६ वर्षीय जङ्गबहादुर तामाङ, २६ वर्षीय रामबहादुर तामाङ र २६ वर्षीय विर्षबहादुर तामाङ संलग्न रहेको बताइएको छ । 

सल्लेरी ताजिम्राङ सडकमा सुपरभाइजरको रुपमा रहेका पीडितसँग चन्दा मागेपछि चन्दा नपाएको नहुँमा उहाँमाथि आक्रमण भएको स्थानीयवासी सन्तबहादुरले राससलाई बताउनुभयो । सो सडक निर्माणका लागि गाउँपालिकाले रु ६० लाख बजेट विनियोजन गरेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै