२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धादिङमा सडक निर्माणमा जुटेका सुपरभाइजरको हत्या गर्न खोजेको ठहर

२०७६, २३ भाद्र सोमबार १६:४२

 भदौ २३, धादिङ  । सडक निर्माणमा जुटेका सुपरभाइजरलाई हत्या गर्न खोजेको आरोपमा पक्राउ परेका १० जनालाई जिल्ला अदालत धादिङले कसुर ठहर गरेको छ ।

उत्तरी धादिङको नेत्रावती डबजोङ गाउँपालिका–४ कटुञ्जेका २३ वर्षीय सन्तबहादुर तामाङलाई ज्यान मार्न खोजेको आरोप लागेका १० जनालाई कसुर ठहर गर्दै अर्को पेसीमा सजाय निर्धारण गर्ने आदेश भएको जिल्ला अदालतका श्रेस्तेदार नवराज दङ्गालले बताउनुभयो । 

विसं ०७५ जेठ २२ गते तामाङलाई घरबाट अपहरण गरी गङ्गाजमुना गाउँपालिका–१ ताजिम्राङका जङ्गलमा लगेर गोली र खुँडाले प्रहारी गरी फालेका थिए । घटनापछि गाउँलेले उद्धार गरि उपचारका लागि उहाँलाई स्थानीय स्वास्थ्यचौकीमा पु¥याएका थिए । त्यहाँ उपचार हुन नसकेपछि उहाँलाई हेलिकप्टरबाट काठमाडौँको शिक्षण अस्पतालमा लगिएको थियो । 

ज्यानमार्ने उद्योगअन्तर्गत जिल्ला अदालत धादिङमा विसं २०७५ भदौ ११ गते उनीहरु विरुद्ध मुद्दा दर्ता भएको थियो । सो मुद्दामा आरोपित कसुरदार ठहरिएपछि असोजको पहिलो साता जिल्ला अदालतले कसुर अनुसार उनीहरुलाई कैद तथा जरिवाना निर्धाण गर्ने अदालतको आजको आदेशमा उल्लेख छ ।

सो घटनामा खनीयबास गाउँपालिका–४ निवासी २५ मनोजकुमार गुरुङ, २३ वर्षीय छिरिङ तामाङ, २५ वर्षीय श्याम तामाङ, २६ वर्षीय दलबहादुर तामाङ, २६ वर्षीय बसन्त गुरुङ, २६ वर्षीय रेमन तामाङ, २५ वर्षीय दमजे तामाङ, २६ वर्षीय जङ्गबहादुर तामाङ, २६ वर्षीय रामबहादुर तामाङ र २६ वर्षीय विर्षबहादुर तामाङ संलग्न रहेको बताइएको छ । 

सल्लेरी ताजिम्राङ सडकमा सुपरभाइजरको रुपमा रहेका पीडितसँग चन्दा मागेपछि चन्दा नपाएको नहुँमा उहाँमाथि आक्रमण भएको स्थानीयवासी सन्तबहादुरले राससलाई बताउनुभयो । सो सडक निर्माणका लागि गाउँपालिकाले रु ६० लाख बजेट विनियोजन गरेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना