2026-09-18 07:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शरीरको कुन अंग फर्फराउँदा के हुन्छ ? हेर्नुहोस

एजेन्सी | मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ | हिन्दू शास्त्रमा मानिसको विभिन्न अंग फर्फराउँदा हुने विभिन्न घटनाबारे लेखिएको छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै आशंका गरिरहेको हुन्छ । शरीरको विभिन्न अंग फर्फराउनुले भविष्यमा हुने घटनाबारे जानकारी दिन्छ ।

समुन्द्र शास्त्र अन्तर्गत कुन अंग फर्फराउँदा भविष्यमा कस्ता घटना हुन सक्छन् भन्ने विषयमा विस्तृत रूपमा वर्णन गरिएको छ । शरीरका अंग फर्फराउनुले भविष्यमा हुने राम्रो र नराम्रो घटनाबारे संकेत गर्छ ।

वर्तमान समयमा यी कुरा विश्वास गर्न निकै कठिन हुने भए पनि यसलाई पुरै बेवास्ता गर्न सकिन्न । शरीरका विभिन्न भागमा हुने फर्फराहटले के संकेत गर्छ जान्नुहोस कुनअंग फर्फराउँदा भविष्यमा कस्ता घटना हुन सक्छन्:

१). समुन्द्र शास्त्रका अनुसार, जुन व्यक्तिको चिउँडो फर्फडाउँछ, ती व्यक्तिलाई स्त्रीसुख मिल्छ र साथमा धनलाभ पनि हुन सक्ने सम्भावना हुन्छ ।

२. टाउकोको अलग–अलग भाग फर्फराउँदा त्यसले पनि फरक–फरक संकेत गर्छ । निधार फर्फराउँदा भौतिक सुख भोगको अवसर प्राप्त हुन सक्छ भने कानको भाग फर्फराउँदा तपाईंले राखेको इच्छा पूरा हुन सक्छ ।

३.दाहिने आँखाको आँखीभौ र आँखा फर्फराउँदा तपाईंले चाहेका सबै इच्छा पूर्ण हुन्छन् भने बायाँ आँखा र आँखीभौ फर्फराउँदा शुभ समाचार प्राप्त हुन्छ । तर, यदी दाहिने आँखा फर्फराए शारीरिक कष्ट हुने गर्छ ।

४. दुवै गाला फर्फराउँदा धन प्राप्त हुन्छ ।

५. यदि तपाईंको ओठ फर्फराए तपाईको मिल्ने व्यक्तिको आगमन हुन्छ । मुख फर्फराउँदा छोराबाट शुभ समाचार प्राप्त हुन सक्ने सम्भावना रहन्छ ।

६. दाहिने काँध फर्फराए धन सम्पत्ति हात पर्न सक्छ भने बायाँ काँध फर्फराउँदा सफलता प्राप्त हुने तर दुवै काँध फर्फराए झगडाको सम्भावना बढ्छ ।

७. यदि हात फर्फराए मानिस कुनै विपत्तिमा फस्न सक्छ । हातको औँला फर्फराए साथीहरूसँग भेट हुने सम्भावना रहन्छ ।

८. ढाड फर्फराए केही विपदको सम्भावना रहन्छ ।

९ . छाती फर्फराउँदा साथीसँग भेट हुन सक्छ । मुटुको उपल्लो भाग फर्फराए झगडा हुने सम्भावना रहन्छ ।

१०. दाहिने खुट्टा फर्फराए कठिनाई सामना गर्नुपर्ने हुन्छ भने बायाँ खुट्टा फर्फराउँदा कतै यात्रा गर्ने सम्भावना रहन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई