२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन हुन्छ मूत्रनलीको संक्रमण ? यसको पीडा कम गर्न के गर्ने ?

२०७६, २४ भाद्र मंगलवार ०९:०७

एजेन्सी | पिसाब गर्दा दुख्ने, पोल्ने हुँदा अत्यन्तै पीडा हुने यो संक्रमण महिला र पुरुष दुवैलाई हुन्छ । यसलाई चिकित्सकको भाषामा युटीआई अर्थात युरिनरी ट्र्याक इन्फेक्सन भनिन्छ । यौनाङ्गको विशेष हेरचाह र सरसफाईमा ध्यान नदिँदा धेरैजसो यो समस्या हुने गर्छ । मासिक श्राव, गर्भावस्था, असुरक्षित यौनसम्पर्क आदिका कारण यो समस्या देखा पर्न सक्छ | पिसाब नली एकदमै संवेदनशिल हुन्छ । यस्तो अंगमा संक्रमण फैलने खतरा पनि बढि नै हुन्छ ।

पिसाब पास हुने नलीको राम्ररी सफाई नभएको अवस्थामा संक्रमण मुत्राशयसम्म पुग्ने गर्छ । यस्तो हुनुको विभिन्न कारण मध्ये एउटा कारण हो ब्लाडर सुन्निनु ,त्यस्तै मृगौलाको पथ्थरी, शरीरमा पानीको मात्रा कम हुनु, कलेजोको समस्या ,करङको हड्डीमा चोट लाग्नु,पुरुषहरुमा प्रोस्टेट ग्लैडको बढेमा, संवेदनशील स्थानमा चोट लागेमा,दुर्गन्धित शौचालयको प्रयोग गर्दा,धेरैबेरसम्म पिसाब रोकेमा,गुप्ताङ्गको राम्रोसित सफाई नगरे,मधुमेहका बिरामीलाई पनि यस्तो हुन सक्ने चिकत्सक बताउछन |

त्यस्तै यस्तो समस्याको घरेलु उपचार पनि छ र सरल घरेलु उपचारले यो समस्या हुनबाट जोगाउन मदत गर्दछ | घरेलु उपचारः

२ चियाचम्चा स्याउको रस र एक चियाचम्चा मह मनतातो पानीमा मिसाएर पिउँदा संक्रमण फैलाउने ब्याक्टेरिया नष्ट हुन्छ र पिसाब सजिल्यै बाहिर आउन मद्दत पुग्छ । पिसाबमा हुने संक्रमणको समयमा पटक–पटक पिसाब आएमा १ चियाचम्चा सोडा १ गिलास पानीमा मिसाएर खाँदा पेटमा हुने जलन कम हुन्छ र पीडा कम हुन्छ ।

त्यस्तै अलैँचीलाई पिसेर धुलो बनाउने र अनारको रसमा मिसाउँने र थोरै थोरै नुन राखेर पिउँदा पिसाबको संक्रमण २ दिनमै निको हुन्छ । लस्सी पनि यस इन्फेक्सनको लागि फाइदाजनक हुन्छ । इन्फेक्सन भएको समयमा हरेक दिन लस्सी पिउने गर्नुपर्छ ।

क्र्यानबेरी जुुस पनि यसको लागि लाभकारी हुन्छ । ३ वा ४ दिनसम्म यो जुसको सेवन गर्दा आराम मिल्छ । लसुनमा प्राकृतिक रुपमै ब्याक्टेरियासँग लड्न सक्ने क्षमता हुन्छ । हरेक दिन एउटा पोटी लसुन र पानी सेवन गर्दा यो समस्या कम हुन्छ । यसका साथै, यौनाङ्गको सरसफाईमा विशेष ध्यान दिने, पिसाव नरोक्ने, पानी पिउने आदि गर्दा यो समस्याबाट छुटकारा पाउन सकिन्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल