२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेनिलि मोडल हन्टको शनिबार छानिने

२४ भाद्र २०७६, मंगलवार ११:२८

भदौ २४, काठमाडौं | मोडलिङ सम्बन्धी नेपालकै एकमात्र प्रतिष्ठित् कार्यक्रम ‘बेनिलि मोडल हन्ट नेपाल २०१९’को अन्तिमस्पर्धा यहि शनिबार (२८ भदौमा) होटल सोल्टीक्राउन प्लाजा हुँदैछ । प्रतियोगीताको सम्पुर्ण तयारी पुरा भएको आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।


प्रतियोगितामा देशभरबाट छानिएका ५५ जना युवायुवती भिड्दै छन् । जसको लागि उनीहरुले श्रावणको पहिलो सातादेखि प्रशिक्षण सहित तयारी गरेका हुन् । ब्यक्तित्व बिकाश, फोटो सुट, भिडियो प्रोफाइल, सामाजिक संजाल ब्यावस्थापन, ट्राफिक रुल अवेरनेस, नेपाल ब्रेष्ट क्यान्सर फाृन्डेसनको सहयोगमा ब्रेष्टक्यान्सर अवेरनेश, फ्ल्यास मोभ लगाउत उनीहरुको बिभिन्न प्रशिक्षण अहिले अन्तिम सातामा चलिरहेको छ । प्रशिक्षण्को क्रममा उनीहरुलाई सेल्फ मार्केटिङ र सेल्फ मेकअप लगायतको समेत प्रशिक्षण दिइएको आयोजकले जनाएको छ ।

 

प्रतियोगिको प्रतिभा निखार्ने प्रशिक्षकको जिम्बेवारी अभिनेत्री तथा मोडल परमिता राज्यलक्ष्मी राणा, रोजिन शाक्य, थेन्डुप शेर्पा वनिसा मुल्मि श्रेण, निश्चल श्रेष्ठ लगायतले निर्बाह गरेका थिए । रोजिन शाक्य प्रतियोगीताको मुख्य प्रशिक्षक पनि हुन् । 


प्रतियोगिताकै लागि भनेर भारतिय चर्चित कोरियोग्राफर अभिमन्यु सिंह तमोर आइतबार नेपाल आइसकेका छन् । कार्यक्रममा मोडल हन्ट नेपालका उत्कृष्ट युवायुवतीले रÞ्याम्प समेत नाप्ने कार्यक्रममा रहेको छ ।

युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर र नेतृत्वदायी क्षमताको विकास लगायत उदेश्यले आयोजना हुदै आएको यो प्रतियोगिता ब्यवसाहिक मोडल उत्पादन गर्ने नेपालको पहिलो सौदर्य प्रतियोगीता भएको हो ।


बिगत पाँच बर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा एक महिला र एक पुरुष शिर्ष बिजेता छानिने नेक्स्ट मोडलकी प्रबन्ध निर्देशक यतना पाण्डेले जानकारी दिइन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो