2026-08-26 05:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्ट्रेलियाको तेक्वान्दो नेसनल च्याम्पियनसिप टुर्नामेन्टमा नेपालीलाई रजत पदक

भदौ २५, काठमाडौँ | अष्ट्रेलियन तेक्वान्दो न्याशनल च्याम्पियनशिप २०१९ टुर्नामेन्टको फिदरवेट समुहको प्रतिस्पर्धामा नेपाली मूलका १३ बर्षिय स्पन्दन थापाले रजत पदक प्राप्त गरेका छन ।

अष्ट्रेलियाको गोल्ड कोष्टमा अबस्थित कारारा स्टेडियममा सम्पन्न भएको उक्त प्रतियोगितामा थापाले प्रतिद्वन्दीलाई सजिलै पराजित गरी उक्त सफलता हात पारेका हुन ।

माता सुमि श्रेष्ठ, पिता शंकर थापा र एक भाइका साथमा मेलबर्नको सेन्ट अल्बान्समा बसोबास गर्दै आएका स्पन्दन सानै उमेरदेखि नै विभिन्न खेलमा रुचि राख्थे । पढाइसंगै तेक्वान्दो खेल रोजेका स्पन्दनले भिक्टोरिया स्टेट सेलेक्सन टुर्नामेन्टमा सफल भएर उक्त राष्ट्रिय च्याम्पियनशिपमा सहभागी भएका थिए ।  

पढाईमा पनि अब्बल स्पन्दनले सन २०१६ देखि नै भिक्टोरियामा आयोजना भएका टुर्नामेन्टहरुमा बिजय हासिल गरी विभिन्न पदकहरु प्राप्त गरिसकेका छन । प्रतियोगितामा सहभागी विभिन्न देशहरूमध्ये स्पन्दन एक मात्र नेपाली थिए । उनी सेन्ट अल्बान्समा रहेको तेक्वान्दो प्लस अष्ट्रेलिया क्लबसंग  आबद्ध छन । उन्को बिजयपस्चात क्लबका प्रशिक्षक मार्कोले बधाई दिदै स्पन्दनले आगामी दिनहरूमा तेक्वान्दोमा अझै धेरै प्रगति गर्न सक्नेमा आफू र क्लब ढुक्क रहेको बताए ।

मेलबर्न नेप्लिज कम्युनिटि वेस्टका बर्तमान अध्यक्ष स्पन्दनका पिता शंकर थापा र रजिस्ट्रर नर्सको रुपमा कार्यरत माता सुमि श्रेष्ठ छोराको यो जितले निकै गर्वान्वित भएको बताउनुहुन्छ भने स्पन्दन आफूलाई यो जितले अझ बढी हौसला मिलेको बताउछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग