२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुगल नक्साले पत्ता लगायो डुबेको कारभित्र मानिसको अवशेष

२०७६, २७ भाद्र शुक्रबार १०:२१

भदौ २७, एजेन्सी | गुगल नक्साले फ्लोरिडामा डुबेको कारभित्र दुई दशकअघि हराएको मानिसको अवशेष फेला पारेको छ । फ्लोरिडाको लन्टनाबाट सन् १९९७ को नोभेम्बर ७ तारिखदेखि विलियम मोल्ड हराएका थिए । उनी ४० वर्षका हुँदा रात्री क्लबाट घर फर्कन सकेका थिएनन् । प्रहरीले हराएका व्यक्तिको अनुसन्धान शुरु गरेको थियो तर नतिजा हात लागेको थिएन ।

यसवर्षको अगष्ट २८ मा २२ वर्षपछि वेयलिंटन, मुन बे सर्कलको पोखरीमा कार फेला परेको भन्दै प्रहरीलाई बोलाइएको थियो । कारलाई पानीबाट बाहिर निकालिएपछि त्यसभित्र अस्थिपञ्चरका अवशेष फेला परेका थिए । एक सातापछि उक्त अवशेष मोल्डकै थियो भन्ने थाहा भएको थियो । प्रहरीका अनुसार पहिलेको बस्ती क्षेत्रमा मोल्डको कार डुबेको गुगल सर्चले संकेत गरेको थियो ।

  

त्यसपछि मुन बे सर्कलको हालको बस्तीका एक व्यक्तिसँग त्यस विषयमा सम्पर्क गरिएको थियो । ती व्यक्तिले आफ्नो ड्रोनको प्रयोग गरेर कार देखिएको निश्चित गरेका थिए र उनले त्यसको खबर प्रहरीलाई दिएका थिए ।  

अमेरिकामा थाँती रहेका मुद्दाका बारेमा एक अनलाइन डेटावेस परियोजना ‘द चाली प्रजेक्ट’ले भनेको छ, ‘सन् २००७ देखि त्यस क्षेत्रको गुगल अर्थ सेटेलाइट तस्बिर देखिएको थियो तर सन् २०१९ सम्म कसैले पनि त्यसको जानकारी पाएका थिएन् ।’ 

प्लाम बीच कन्ट्रि शेरिफ अफिसले मोल्डले आफ्नो कार नियन्त्रण गर्न नसकेर पोखरीमा परेको अनुमान गरिएको बिबिसीलाई बताएको छ । प्रहरीले सुरुमा बेपत्ता विषयमा अनुसन्धान गरेको थियो तर पानीमा कार नदेखुनजेलसम्म त्यहाँ कुनै प्रमाण फेला परेको थिएन । ‘धेरै वर्ष पहिले के भएको थियो भन्न सक्ने अवस्था छैन, प्रहरी प्रवक्ता थेरेसे बर्बेराले भनेकी छिन्, ‘हामी सबैलाई थाहा ऊ हराईएको थियो र अहिले पत्ता लागेको छ ।’ एक छिमेकीले कार डुबेको जानकारी दिएको र गुगल म्याप प्रयोग भएको बारेमा थाहा नभएको बर्बेराले बताइन् । 


बेपत्ता हुने राती ११ बजेदेखि बिहान ३ बजेको समयमा मोल्डले क्लब छोडेको नेसनल मिसिङ एन्ड अनआइडेन्टीफाइड पर्सन सिस्टमले बताएको छ । यस संस्थाका अनुसार  मोल्ड समाजमा पर्याप्त घुलमिल हुन सक्दैनथे । उनी नसामा देखिएका थिनन् र एक्लै आफ्नो कारमा निस्किएका थिए । 

प्रतिवेदनअनुसार उनी निरन्तर रक्सी सेवन गर्दैनथे तर उनी बारमै गएर रक्सी खान्थे । मोल्डलाई आफ्नो प्रेमीकाले घर आउन भनेकी थिइन तर त्यसपछि उनी कहिल्यै देखिएनन र उनको बारेमा केही सुनिएन । मोल्डको परिवारलाई उनको अवशेष पत्ता लागेको बारेमा जानकारी गराईएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल