२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

माओवादी केन्द्रद्वारा गण्डकी प्रदेश कार्यालय स्थापना, प्रदेश सचिवमा त्रिपाठी

२७ भाद्र २०७६, शुक्रबार १५:१२

भदौ २७, कास्की | नेकपा (माओवादी केन्द्र) को गण्डकी प्रदेश कार्यालय स्थापना गरेको छ । साथै माओवादी केन्द्रले आज पोखराको राष्ट्र बैंक चोक स्थित होटेल लेकालीमा एक कार्यक्रमका बीच माओवादी केन्द्रको गण्डकी प्रदेश सचिवमा भोजराज त्रिपाठीलाई चयन समेत गरेको छ । लामो समयदेखि माओवादी आन्दोलनमा सहभागि रहदैं आएका नेता त्रिपाठी पछिल्लो समय मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) मा रहेका थिए । 

क्रान्तिकारी माओवादी परित्याग गरेर फ्रिडम कम्युनिस्ट लिग नामक पार्टी चलाउँदै आएका नेता त्रिपाठीले केही समय अघि गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्दा उनलाई प्रदेश पार्टी सचिवको जिम्मेवारी दिने सहमति गरिएको थियो ।

पार्टी एकता प्रकृयामा भएको सहमति अनुसार आज आयोजित विस्तारित बैठकले उनलाई औपचारिक रुपमा गण्डकी प्रदेश सचिव पदमा चयन गरेको हो । बैठकले पार्टी तथा विभिन्न जवज मोर्चाहरुको प्रदेश र जिल्ला संगठन विस्तार गर्ने, जनसम्बन्ध सुधार गर्ने, सामाजिक अन्तरविरोधको हल गर्ने सन्दर्भमा आवश्यक तयारीहरु बढाउँने लगायतका महत्वपूर्ण निर्णयहरु गरेको छ ।


पार्टीका सचिव त्रिपाठीले सञ्चालन गरेको उक्त कार्यक्रमको प्रदेश संयोजक आलोक रायमाझिको अध्यक्षता तथा महासचिव कर्णजित बुढाथोकीको प्रमुख आतिथ्यता र प्रेस सेन्टर नेपालका अध्यक्ष लोकराज जैसीको आतिथ्यता रहेको थियो ।

बैठक तथा प्रशिक्षण कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) र विभिन्न आन्य पार्टी परित्याग गरी एकता प्रकृयामा मार्फत माओवादी केन्द्रमा आएका दर्जनौं नेता, कार्यकर्ताहरुलाई भव्य रुपमा स्वागत समेत गरिएको थियो ।

बैठकको निर्णय अनुसार कार्यक्रमको अन्त्यमा पोखराको राष्ट्र बैंक चोकमा माओवादी केन्द्रको गण्डकी प्रदेश पार्टी कार्यालय स्थापना गरिएको छ ।

पार्टी कार्यालयको उद्घाटन गर्दै माओवादी केन्द्रका महासचिव बुढाथोकीले राज्यको राष्ट्रघाती, जनघाती कदमका विरुद्ध सबै क्रान्तिकारी तथा देशभक्त राजनैतिक शक्तिहरुलाई एक हुन आह्वान समेत गरे ।

उक्त कार्यक्रममा प्रेस सेन्टरका अध्यक्ष जैसीले समाजमा रहेको अन्याय, अत्याचार र विभेदका विरुद्ध क्रान्तिकारी झण्डा फहराउँदै माओवादी केन्द्रले दवावमूलक कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै प्रेस सेन्टर नेपालले त्यसमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।


कार्यक्रमको समापन गर्दै प्रदेश संयोजक रायमाझिले माओवादी केन्द्र सामाजिक दलाल व्यवस्थाको विकल्पमा जनताको साथ र समर्थन बटुल्दै निरन्तर संघर्षको प्रकृयामा रहेको दावी गरे ।

उक्त कार्यक्रममा बोल्दैं सचिव त्रिपाठीले कम्युनिस्ट पार्टीको नाममा कतिपय नेताहरुमा राजनैतिक वैचारिक स्खलन देखिएको र पतनको बाटोमा अग्रसर भएको भन्दै आफ्नो पार्टी मालेमावाद प्रति प्रतिबद्ध रहदैं निरन्तर जनताको पक्षमा उभिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा माओवादी आन्दोलनबाट जोडिदैं आएका नेता, कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । उनीहरुले नारा जुलुस सहित कार्यक्रमको शुरुवात गरेका थिए । 

- विमल शाहीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै