२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबई इन्टरनेशनल ब्याडमिन्टनमा नेपाललाई पदक पक्का

२०७६, २७ भाद्र शुक्रबार १६:३४

भदौ २७, काठमाडौँ | संयुक्त अरब इमिरेटस् (यूएई)मा जारी दुबई जुनियर इन्टरनेशनल ब्याडमिन्टन सिरिजमा नेपालले पदक जित्ने पक्का भएको छ । उक्त प्रतियोगितामा नेपालका प्रिन्स दाहाल यू–१९ पुरुष एकल तथा यू–१९ मिक्स डबल्सतर्फ प्रिन्स र सानिया चन्दको जोडीले नेपालका लागि पदक पक्का गरेका हुन् ।  

दुबईमा आज भएको यू–१९ मिक्स डबल्सतर्फ प्रिन्स र सानियाको जोडी सेमिफाइनल प्रवेश गरेको छ । सेमिफाइनल प्रवेश गरेसँगै प्रिन्स र सानियाको जोडीले पदक पाउने पक्का भएको छ । प्रिन्स र सानियाको जोडीले क्वाटरफाइनलमा यूएईका बसन्तकुमार राजेन्द्रन र तानिका नितुको जोडीलाई २–१ सेटले पराजित गरेको हो । सो जोडीले ९–२१, २१–१९ र २१–१६ अङ्कका साथ खेल आफ्नो पक्षमा पारेका हुन् ।  


यस्तै आजै सम्पन्न यू–१९ पुरुष एकलतर्फ नेपालका प्रिन्स सेमिफाइनल प्रवेश गरेका छन् । उनले क्वाटरफाइनलमा भारतका रोहन गुर्वानीलाई २–० सोझो सेटमा हराए । उनले गुर्वानीलाई २१–१६ र २४–२२ अङ्कले पराजित गरेका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै