२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तरुण दलका अध्यक्ष र महासचिवले गरे एकअर्कालाई कारबाही

२८ भाद्र २०७६, शनिबार १३:५२

भदौ २८, काठमाडौं । नेपाल तरुण दलमा अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीको विवाद उत्कर्षमा पुगेको छ । उनीहरुले शनिबार एकअर्कालाई पदबाट बर्खास्त गरेको भन्दै वक्तव्यबाजी गरेका छन् ।

यसअघि बस्नेत र शाहीले एकअर्काको निर्णय अवैध भएको भन्दै खारेज गरेको घोषणा गरेका थिए ।

शनिबार अध्यक्ष बस्नेतले शाहीलाई महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाएको पत्र पठाए । कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत बोधार्थ दिइएको पत्रमा शाहीमाथि अनशासनहीन काम गरेको आरोप लगाइएको छ ।

केहीको केहीबेरमा शाहीले महासचिवको हैसियतमा वक्तव्य जारी गर्दै अध्यक्ष बस्नेतलाई नै तरुण दलको साधारण सदस्य समेत नरहने गरी एक वर्षका लागि निस्कासन गरिएको बताएका छन् । उनले बस्नेतमाथि अख्तियार घराउ कार्यक्रम रोकेको, केन्द्रीय समिति विस्तार नगरेको, बाढी पीडितको नाममा संकलन गरेको राहतमा घोटाला गरेको लगायतका आरोप लगाएका छन् ।

उनले बस्नेतलाई कारबाही गरिएको वक्तव्यको बोधार्थ कांग्रेस केन्द्रीय कार्यालयमा पठाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य