२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाका विपक्षी पार्टीहरूको गठबन्धन

२८ भाद्र २०७६, शनिबार १३:५९

भदौ २८, क्वालालम्पुर (रासस/एएफपी) | मलेसियाका दुई मुख्य विपक्षी दलहरूले शनिबार एउटै गठबन्धन बनाएका छन् । 

बहुसंख्यक मुस्लीमहरूको मत तान्नका लागि उनीहरुले गठबन्धन बनाएको बताइएको छ । 

प्रधानमन्त्री महाथिर मोहम्मद नेतृत्वको तत्कालिन गठबन्धनले गत बर्ष अत्यधिक मतका साथ निर्वाचन जितेको थियो । 

भ्रष्टाचार विरुद्ध काम गर्ने मुख्य एजेण्डा रहेको सो गठबन्धनले राजनीतिक मुलधारबाट बाहिर रहनु भएको मोहम्मदलाई फेरी सत्तामा ल्याएको हो । 

अहिले बनेको नयाँ गठबन्धनमा पूर्व सत्तारुढ दल युनाईटेड मलायज नेशनल अर्गनाईजेसन (युएमएनओ) र पान मलेसियन इस्लामिक पार्टी (पीएएस) रहेका छन् । उनीहरूको यो गठबन्धन बहुसङ्ख्यक मलाय मुस्लिम समुदायको मत आफ्नो पकडमा पार्ने लक्षका साथ भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुई पार्टीले सहकार्य गर्ने र गठबन्धन बनाउनेसम्वन्धी सम्झौतापत्रमा शनिबार हस्ताक्षर गरेको अधिकारीहरूले जनाएका छन् ।  

उनीहरुले आउँदो सन् २०२३ मा हुने निर्वाचनलाई लक्षित गरेर गठबन्धन गरेको समाचारमा जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य