2026-07-26 06:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुनियर भोकल स्टारको प्रि–अडिसन खुला, प्रथम हुनेलाई २० लाख

भदौ २८, काठमाण्डौ । अभियान मल्टिमिडियाद्वारा सञ्चालन गरिने जुनियर भोकल स्टारको प्रि–अडिसन फाराम खुल्ला गरिएको छ । 

रियालिटी शोको बारेमा जानकारी गराउन शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजकले आयोजना गरेको पत्रकार सम्मेलनमा १५ बर्ष सम्मका बालबालिकाले सहभागी हुनसक्ने जानकारी दिएको छ । 

रियालिटी शोमा भाग लिन चाहनेहरुले आफूलाई पायक पर्ने स्थान र प्रक्रियाबाट आफ्नो नाम दर्ता गर्न सक्नेपनि आयोजकले जनाएको छ । 

आफुभित्र रहेको प्रतिभालाई संसारसामु प्रस्तुत गराने उद्देश्यसहित आयोजना हुन गैरहेको उक्त शोमा विविध कारणले आफ्नो कला देखाउन नसकेकालाई समेट्ने प्रयास गर्ने आयोजक संस्था अभियान मल्टिमिडियाका अध्यक्ष मिन अधिकारीले जानकारी दिए ।

प्रतिस्पर्धामा भाग लिनका लागि आवश्यक थप जानकारी www.juniorvocalstar.com र Junior Vocal Star एपमा पनि उपलब्ध भएको अधिकारीले बताए । 

पत्रकार सम्मेलनमा संगितकार बसन्त सापकोटाले आफुभित्र रहेको प्रतिभालाई प्रस्फुटन गर्न शोले विशेष भूमिका खेल्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । नेपालमा अहिले धेरै रियालिटी शोहरुको विकास भएपनि बालबालिकालक्षित कार्यक्रमहरु उत्पादन हुन नसकेको सापकोटाले बताए । 

त्यस्तै गायक धीरज राईले बालबालिकालाई काचो माटोको रुपमा लिदै उनीहरुलाई आफुले चाँहेको बस्तुमा ढाल्न उक्त शो कोशेढुङगा सावित हुने विश्वास व्यक्त गरे ।

अहिले देश तथा विदेशमा विभिन्न रियालिटी शोहरु सञ्चालनमा रहेको जनाउदै उनले नेपालबाट पनि त्यस्ता प्रतिभालाई विश्व बजारसम्म चिनाउने प्रयास हुने विश्वास दिलाए ।

सहभागीले दर्ता पछिको छनोट प्रक्रियामा अडिसन, मेघा अडिसन, टप २०, टप १०, सेमी फाइनल हुदै ग्रान्ड फिनाले सम्म पुगेर नेपालको पहिलो जुनियर भोकल स्टारको उपाधि जित्न सक्ने आयोजकको भनाई छ । 

प्रथम हुनेलाई २० लाख र ट्रफी, फस्ट रनर–अपलाई १० लाख र सेकन्ड रनर–अपलाई ५ लाख रुपैयाँ पुरुस्कारको व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ